विद्युत् उत्पादन घट्यो, मंसिरमै आयात गर्नुपर्ने अवस्था!

विद्युत् उत्पादन घट्यो, मंसिरमै आयात गर्नुपर्ने अवस्था!
सुन्नुहोस्

काठमाडौं : हिउँदयाम सुरु भएसँगै नेपाल विद्युत् प्राधिकरणले विद्युत् उत्पादन घटेको जनाएको छ। प्राधिकरणको तथ्यांकअनुसार आन्तरिक उत्पादन करिब १६ सय मेगावाटमा झरिसकेको छ।

राष्ट्रिय प्रसारणमा करिब २८ सय २२ मेगावाट जोडिएकोमा करिब १२ सय मेगावाटले आन्तरिक उत्पादन घटेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए। आर्थिक वर्ष २०७९/०८० मा करिब ६ सय मेगावाट राष्ट्रिय प्रसारणमा जोडिएको थियो। अहिले प्रणालीमा भएका माग १५ सय ८१ मेगावाट रहेको छ। अघिल्लो वर्षको भन्दा यो वर्ष करिब सवा सय मेगावाटले मात्र माग बढेको प्राधिकरणले जनाएको छ। उद्योग, कलकारखानामा माग कम भएको र गार्हस्थ्यमा मात्र माग बढेकाले विद्युत्को कुल मागमा वृद्धि हुन नसकेको हो।

प्राधिकरणले अहिले करिब १ सय ५० मेगावाट भारत निर्यात गरिरहेको छ। २४ सैं घण्टा सरदरमा डेढ सय मेगावाट भारत निर्यात भइरहेको भट्टराईले जानकारी दिए।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ। प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगमलाई बिक्री गर्ने अनुमति पाएको छ। एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ। 

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाट मध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिइसकेको छ। प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ। तर, आन्तरिक उत्पादन कम हुँदा भारतको बिजुली निर्यात घटिरहेको प्रवक्ता भट्टराईले जानकारी दिए।

मंसिर अन्तिमबाटै बिजुली किन्नुपर्ने

हिउँदयाम सँगै खोलानालामा पानीको सतह कम हुँदै गएकाले यही मंसिरको अन्तिमबाट भारतबाट फेरि विद्युत् किन्नुपर्ने भट्टराईले प्रक्षेपण गरे। गत वर्ष करिब १९ अर्बको बिजुली भारतबाट आयात गरिएको थियो भने करिब ११ अर्ब रुपैयाँको बिजुली निर्यात गरिएको थियो। गत जेठ २८ गतेबाट बिजुली भारत निर्यात गर्न थालिएकोमा कात्तिक महिनासम्म करिब साढे १४ अर्ब रुपैयाँ बराबरको बिजुली निर्यात गरिएको छ। प्राधिकरणले औसत ८ रुपैयाँ प्रतियुनिटमा भारतमा बिजुली निर्यात गरिरहेको छ भने अब हिउँदमा भारतबाट आयात हुने बिजुली प्रतियुनिट करिब १२ भारुसम्म पर्नेे छ। जलाशययुक्त आयोजनामा सरकारले अझै ध्यान नदिने हो भने वर्षामा बेचेको बिजुलीले हिउँदमा किन्न नपुग्ने देखिन्छ।

वर्षामा नकिनिएको बिजुली हिउँदमा उल्टै पेनाल्टी तिर्दै निजी प्रवर्द्धक विद्युतीय ऊर्जा उत्पादनमाप्रमुख हिस्सा निजी प्रबद्र्धकहरूले ओगटेका छन्। करिब २८ मेगावाट कुल उत्पादनमा निजी प्रवर्द्धकहरूको करिब १९ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ। तर, अहिले करिब ८ सय मेगावाट मात्र निजी क्षेत्रको बिजुली उत्पादन भइरहेको छ। निजी प्रबद्र्धकहरूका आयोजना रनअफ रिभर (नदी प्रवाहमा आधारित) भएकाले हिउँद लागेसँगै खोलामा पानीको सतह कम हुँदा उत्पादन पनि कम हुन्छ। हिउँदमा करिब ३० प्रतिशतसम्म उत्पादनमा ह्रास आउने गरेको छ। निजी प्रबद्र्धकले प्राधिकरणसँग आयोजनको विद्युत् खरिद सम्झौता पीपीए गर्दा महिनामा कति उत्पादन गर्ने भन्ने सम्झौता गरेको हुन्छ र सोहीअनुसार प्राधिकरणलाई विद्युत् प्रवाह गर्नुपर्ने हुन्छ। सोहीबमोजिम सम्झौता भएको करिब ८० प्रतिशतभन्दा कम भए उल्टै आयोजनाले प्राधिकरणलाई हर्जना (पेनाल्टी) तिर्नुपर्ने हुन्छ। 

जति प्रतिशतले तोकिएको बिजुली उत्पादन हुँदैन त्यति बिजुली बराबरको शुल्क प्राधिकरणलाई तिर्नुपर्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल इप्पानका उपमहासचिव प्रकाश दुलाल बताउँछन्। वर्षामा करिब ५ सय मेगावाटसम्म बिजुली प्राधिकरणले नकिनेर खेरा गयो भन्ने निजी ऊर्जा प्रबद्र्धकले हिउँदमा भने तोकिएको बिजुली उत्पादन गर्न नसके हर्जना तिर्नुपर्ने हुन्छ। यसमा सबैभन्दा बढी १० देखि २५ मेगावाटसम्मका आयोजना पर्छन्। १० मेगावाटभन्दा कमका आयोजनालाई यस्तो हर्जना मिनाहा गरिएको छ। अहिले १० देखि २५ मेगावाट करिब ५१७ मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जोडिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.