जेष्ठ नागरिकलाई कम्मल वितरण
गोरखा : हिमाली भेगमा पर्ने चुमनुव्री गाउँपालिका-५ बिहीका जेष्ठ नागरिकलाई कम्मल वितरण भएको छ।
गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद राजेन्द्र बजगाईंको समन्वयमा संकलन भएको १४० थान कम्मल वितरण गरिएको पूर्व वडाध्यक्ष सोनाम ग्याल्जेन लामाले बताए।
गाउँका बूढाबूढीलाई जाडोका बेला न्यानो ओड्ने लुगाको खाँचो छ भनेर सांसदसँग माग गर्दा सांसदले कम्मल जुटाएर पठाएको उनले बताए। वितरण भएको कम्मलले चिसोबाट बच्नका लागि सहयोग पुग्ने भन्दै जेष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका उनले बताए।