धार्मिक राज्य बनाउन सकिँदैन : महासचिव गुरुङ

अहिले गणतन्त्रको विकल्प छैन

धार्मिक राज्य बनाउन सकिँदैन : महासचिव गुरुङ
सुन्नुहोस्

काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले धार्मिक राज्य बनाउन नसकिने बताएका छन्। सल्यानमा आयोजित पत्रकार सम्मेलनमा उनले हिंसात्मक र मुलुकलाई द्वन्द्वतर्फ धकेल्न नदिन सरकार गम्भीर रहेको बताएका हुन्। 

उनले भने,‘कतिपय प्रतिगामी शक्ति परिवर्तनका मुद्दा उल्ट्याएर मुलुकमा द्वन्द्व पैदा गर्न खोज्ने तत्व र संकेत देखिएका छन्। जनता राजतन्त्रको पक्षमा छैनन्, केहि नारा लागेपनि त्यो विस्थापित हुन्छ। नेपाल धार्मिक राज्य बनाउन सकिँदैन। ’

उनले मुलुकलाई घोर पश्चगामी र प्रतिगामी लैजान नदिइने बताए। ‘अहिले गणतन्त्रको विकल्प छैन। गणतन्त्रलाई सुधार्न सकिन्छ तर उल्ट्याउन सकिँदैन। बरु केहि कमजोरी भए सुधारेर समाजवादी गणतन्त्रमा जान सकिन्छ। यो व्यवस्थाका कमि कमजोरी र दलका नेतामा कमजोरी भएपनि सुधारेर जानुपर्छ।’ उनले भने,‘पुँजीवादलाई समाजवादमा रुपान्तरण गर्न सकिन्छ तर दुर्गा प्रसाईको अभियान घोर पश्चगामी हो। विदेशी शक्ति केन्द्र भित्र्याउन, अस्थिरता र द्वन्द्वतिर लैजान त यो अभियानले सफलता पाउला तर मुलुक अब पुरानै व्यवस्थातिर जान सकिँदैन।’

उनले यो व्यवस्थाले सबै किसिमका विचारका लागि खुल्ला रहेको उल्लेख गरे। गुरुङले राजनीतिक कोर्स पूरा भएपनि आर्थिक कोर्स पूरा हुन नसकेको उल्लेख गरे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.