ललितपुर सिटी एफसीले आजको खेलका लागि १ हजार फ्रि–टिकट बाँड्ने
काठमाडौं : नेपाल सुपर लिग एनएसएलको शनिबारको खेलमा ललितपुर सिटी एफसीले १ हजार फ्रि–टिकट बाँड्ने भएको छ । लाखे समर्थकलाई फुटबल खेल देखाउने उद्देश्यले फ्रेन्चाईच टीम ललितपुरले शनिबार १ हजार टिकट निशुल्क बाँड्न लागेको हो।
नेपाल सुपर लिग २०२३ को शनिबार हुने दोस्रो खेलमा ललितपुर सिटी एफसीले धनगढी एफसीको सामना गर्दैछ। धनगढी र ललितपुरबीच एक पटक भेट भएको थियो। जसमा दुवै टिमले १–१ को बराबरी खेलेका थिए ।
आजको खेलमा दर्शक एवम् समर्थकको संख्या बढाउन ललितपुरले १ हजार समर्थकलाई नि:शुल्क टिकट बाँड्ने भएको हो। नेपालमा फुटबल संस्कृतिको विकास गर्न नयाँ योजना ल्याएको ललितपुर सिटी एफसीले जनाएको छ।
आज दिउँसो ४ बजेबाट त्रिपुरेश्वरस्थित युनाईटेड वर्ल्ड ट्रेड सेन्टरको भुँइ तलमा रहेको पेपे पिज्जा र घान्द्रुक नेपाली किचेनबाट फ्रि–टिकट वितरण हुनेछ । खेल शनिबार साढे ५ बजेबाट रंगशालामा सुरु हुनेछ।