जाजरकोटमा चिसोका कारण बालकको मृत्यु

जाजरकोटमा चिसोका कारण बालकको मृत्यु
सुन्नुहोस्

जाजरकोट : छेडागाड नगरपालिका-८ रुवका बिर्खबहादुर सार्कीका १२ वर्षीय छोरा दीपकको चिसोका कारण शनिबार बिहान मृत्यु भएको छ। 

भूकम्पले घर चर्किएपछि उनको परिवार पालमुनि बस्दै आएको थियो। एक सातादेखि बिरामी ती बालकलाई चिसोले निमोनिया समेत भएको थियो। छेडागाड नगरपालिका-९ स्थित स्वास्थ्य चौकी लगिएको थियो। 

सामान्य उपचार गरेर घर ल्याइएका ती  बालकको शनिबार बिहान ज्यान गएको छेडागाडका पूर्वनगर प्रमुख लालबहादुर महताराले बताए। 

चिसोले धेरै बालबालिका, सुत्केरी, जेष्ठ नागरिक लगायत बिरामी परिरहेका छन्। योसँगै जाजरकोटमा चिसोबाट मृत्यु हुनेको संख्या २० पुगेको छ। रुकुम पश्चिममा चिसोका कारण ८ जनाको ज्यान गएको छ। भूकम्प पीडितहरू त्रिपालको बसाइका कारण बिरामी परेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.