सोमालियामा बाढी : सय जनाको मृत्यु, ७ लाख ५० हजार घरबारविहीन
सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा १०० जनाको मृत्यु हुनुका साथै करिब सात लाख ५० हजार मानिस घरबारविहीन भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालयले जनाएको छ ।
'विनाशकारी वर्षा र बाढी फैलिरहेकोले देश विपत्तिको बीचमा छ,' राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय निकायले एक विज्ञप्तिमा भनेको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता निकायले लाखौं सोमालियालीहरू भोकमरी र कुपोषणसँग जुधिरहेको र यस वर्षको अगस्टदेखि सन् २०२४ को जुलाईसम्ममा पाँच वर्षमुनिका अनुमानित १५ लाख बालबालिकाले तीव्र कुपोषणको सामना गर्नुपरेको जनाएको छ ।
ठूलो आवश्यकताको बावजुद, सन् २०२३ सोमालिया मानवतावादी प्रतिक्रिया योजनालाई ७६ लाख मानिसहरूको प्राथमिकता आवश्यकताहरू पूरा गर्न २.६ अर्ब अमेरिकी डलरभन्दा बढीको लागी पूर्व घोषित कार्यक्रमको केवल ४२ प्रतिशत कोष जगेडामा छ ।
'सहायता संस्थाहरूले अतिरिक्त स्रोतहरू बिना वर्तमान र नयाँ आवश्यकताहरू पूरा गर्न सक्दैनन्,' विज्ञप्तिमा भनिएको छ ।