उपल्लो मुस्ताङमा बढे पर्यटक

उपल्लो मुस्ताङमा बढे पर्यटक
सुन्नुहोस्

जोमसोम : अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत रहेको निषेधित तथा नियन्त्रित क्षेत्र उपल्लो मुस्ताङ घुम्ने पर्यटकको संख्या बढेको छ। विगतका वर्षहरूमा औसत एक हजार पनि पर्यटक नपुग्ने उपल्लो मुस्ताङमा चालू वर्षको जनवरीदेखि नोभेम्बर १८ सम्मको तथ्यांक हेर्दा विदेशी पर्यटकको संख्या निकै बढेको हो।

अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीका अनुसार २०२२ को जनवरीदेखि डिसेम्बर आधासम्ममा कुल ३ हजार ३ सय ८८ विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको जानकारी दिए। जसमध्ये केही सार्क राष्ट्रका विदेशी पर्यटक छन् भने बाँकी सबै तेस्रो मुलुकका पर्यटक छन्। यस वर्ष करिब ३८ राष्ट्रका विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख रेग्मीको भनाइ छ।

एक्याप जोमसोमका अनुसार सन् २०२३ को अक्टोबरमा सबैभन्दा बढी ८ सय १० विदेशी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरे। सबैभन्दा कम जनवरीमा जम्मा ७ जना मात्रै विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेका हुन्। यसैगरी फेबु्रअरीमा २३, मार्च १ सय ६२, अप्रिलमा ४ सय २५, मे ७ सय १२, जुन १ सय ४९, जुलाई १ सय ८, अगस्ट २ सय ७८, सेप्टेम्बरमा ४ सय ७ र नोभेम्बर १८ सम्ममा २ सय ७ विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका हुन्।

उपल्लो मुस्ताङमा विशेषगरी तिजी पर्व र यार्तुङ पर्वको छेको पारेर अक्सर विदेशी पर्यटक उपल्लो मुस्ताङ जाने गर्छन्। यसरी उपल्लो मुस्ताङ गएका विदेशी पर्यटक लोमान्थाङ गाउँपालिका—२ को छोसेरस्थित नेचुङबाट माथि जान पाउँदैनन्। तर, आन्तरिक पर्यटकलाई भने कोरलानाकासम्म जान कुनै रोकतोक हुँदैन।

सन् २०२३ को जनवरीदेखि नोभेम्बर १८ सम्मको उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको तथ्यांकअनुसार २२ करोड ३६ लाख ८ हजार रुपैयाँ राजस्व संकलन भएको देखिन्छ। उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई नेपाल सरकार अध्यागमन विभागले प्रवेश शुल्कबापत पाँच सय अमेरिकी डलर रोयल्टी तिर्नुपर्ने हुन्छ। उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकले १० दिनको प्रवेश अनुमति पाउँछन्। १० दिन कटेपछि प्रतिदिन थप ५० डलरका दरले सरकारलाई रोयल्टी बुझाउनु पर्ने हुन्छ। मुस्ताङको कागबेनीदेखि मुस्ताङको उपल्लो क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्र घोषणा गरेको छ।

एकै महिनामा भित्रिए ७९ हजार

धार्मिक तथा पर्यटकीय हिमालपारिको जिल्ला मुस्ताङमा एकै महिनामा ७९ हजार ३ सय ७३ पर्यटक भित्रिएका छन्। दसैं-तिहार र छठ पर्वको छेको पारेर कात्तिक महिनामा धेरै पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेका अनुसार अनुकूल मौसमसँगै चालू वर्षको कात्तिक महिनामा आन्तरिक पर्यटक ७३ हजार ८ सय ७९ र बाह्य पर्यटक ५ हजार ५ सय ४ जनाले मुस्ताङ जिल्लाको भ्रमण गरेका हुन्।

त्यसबेला १३ हजार ९ सय १ सवारीसाधन मुस्ताङ जिल्ला प्रवेश गरेको प्रहरीको रेकर्डमा छ। जसमध्ये  मोटरसाइकल ६ हजार ४ सय ८, जिपकार ६ हजार २ सय ८९ र बस ७ सय ५० मुस्ताङ प्रवेश भएको प्रहरी प्रमुख डीएसपी पाण्डेले जानकारी दिए।

मुस्ताङ आएका पर्यटक पोखरा—जोमसोम हवाई मार्ग हुँदै आएका हुन् भने अधिकांश पर्यटक बेनी—जोमसोम सडकमार्ग हुँदै मुस्ताङ आएका हुन्। विगतका वर्षहरूमा एक्यापले विदेशी पर्यटकको मात्र तथ्यांक संकलन गर्ने गरेकोमा चालू वर्षको साउनदेखि जिल्ला प्रहरी कार्यालय मुस्ताङको पहलमा प्रहरी चौकी घाँसाले डिजिटल प्रणालीमार्फत आन्तरिक तथा बाह्य पर्यटकको अभिलेख राख्न सुरु गरेको डीएसपी पाण्डेको भनाइ छ। यो सेवासँगै मुस्ताङमा आन्तरिक पर्यटकको विस्तृत तथ्यांक संकलनमा समेत टेवा पुग्ने डीएसपी पाण्डेले उल्लेख गरे।

मुस्ताङमा बर्सेनि औसत ६० हजार विदेशी र करिब पाँच लाख स्वदेशी पर्यटक आउने अनुमान गरिएको छ। सडक यातायात सहज भएसँगै पछिल्लो समय आन्तरिक पर्यटकको संख्यामा पनि वृद्धि भइरहेको छ।

मुस्ताङमा असोजदेखि मंसिरसम्म र फागुनदेखि जेठ महिनासम्म पर्यटकीय सिजन मानिन्छ। यो समय पर्यटकका लागि मुस्ताङ घुम्ने अनुकूल समय हो। तर, बर्खायाममा वर्षाका कारण नदी कटान र बाढी÷पहिरोले बेनी—जोमसोम सडक अवरुद्ध हुने भएकाले पर्यटक कमी आउने गर्छन्। 

मुस्ताङ आएका धार्मिक पर्यटकले मुक्तिनाथको दर्शन र कागबेनीमा दिवंगत पितृको नाममा श्राद्ध र तर्पण आदि दिने गर्छन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.