यसरी मनाइयो अन्तर्राष्ट्रिय अपांगता दिवस (फोटोफिचर)
काठमाडौं : अपाङ्गता भएका व्यक्तिहरुको ३२ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरीको आयोजना गरिएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ र महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको आयोजना भएको प्रभातफेरी भद्रकालीबाट सुरु भएर सुन्धारा, नया सडक रत्नपार्क हुँदै भृकुटिमण्डप पुगेर समापन भएको थियो । “दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता; अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता” भन्ने राष्ट्रिय मूल नाराका साथ आइतबार दिवस मनाइएको हो ।
अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरूको हक अधिकारको सुनिश्चितता गर्न, जनमानसमा चेतना फैलाउन सन १९९२ देखि अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो ।
विश्व स्वास्थ्य संगठन र विश्व बैंकले सन २०११ मा प्रकाशित पछिल्लो अपाङ्गता सम्बन्धी विश्व प्रतिवेदन अनुसार संसारको कुल जनसंख्याको १५ प्रतिशत मानिसहरू कुनै न कुनै रूपमा अपाङ्गताको अवस्थामा बाँचिरहेको र यो हरेक वर्ष बढ्ने क्रममा रहेको अपाङ्ग महासंघले जनाएको छ ।