नाबालिकाहरूलाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ

नाबालिकाहरूलाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं: नाबालिकाहरूलाई यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा तनहुँ भिमाद नगरपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-९ नयाँ बसपार्क बस्ने २५ वर्षीया सपना तामाङ भन्ने पुजा रानालाई प्रहरीले पक्राउ गरेको छ । साथै मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहल र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा कार्यरत संस्थाको संयुक्त टोलीले कलंकीबाट १ जना र नयाँ बसपार्कबाट २ जना गरी ३ जना नाबालिकाहरुको उद्दारसमेत गरेको छ ।

नयाँ बसपार्क तथा कलंकीस्थित विभिन्न होटल गेष्ट हाउसमा नाबालिकाहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई नयाँ बसपार्कबाट पक्राउ गरेको हो । 

उनले आर्थिक अवस्था कमजोर भएका,ग्रामीण भेगका कम पढेलेखेका बालिकाहरुलाई विभिन्न काममा लगाई दिने तथा आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी बोलाउने गरेको खुलेको छ। नाबालिकाहरुलाई बसपार्क र कलंकीस्थित विभिन्न होटल तथा गेष्टहाउसमा राख्ने गरेको,नाबालिकाहरुलाई विगत १० महिनादेखि विभिन्न डर त्रास देखाई जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको र बालिकाहरुलाई ग्राहक खोजी आर्थिक लाभ लिई अन्य होटल तथा गेष्टहाउसहरु समेतमा पठाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । 

उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.