एनसेलको सेयर बिक्री प्रकरणमा प्रधानमन्त्रीको चासो

एनसेलको सेयर बिक्री प्रकरणमा प्रधानमन्त्रीको चासो
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको सेयर बिक्री प्रकरणमा गम्भीर चासो देखाएका छन्। अवैध ढंगबाट एनसेलको बिक्री भएको समाचारहरू सार्वजनिक भएपछि प्रधानमन्त्री दाहालले यस विषयमा बुद्धिजीवीहरूसँग चासो राखेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।

 
प्रधानमन्त्री दाहालले प्रचलित कानुन विपरीत सेयर बिक्री गरेको हुनसक्ने भन्दै एनसेलको विषयमा छानविन गर्न सम्बन्धिन निकायलाई निर्देशन दिएका छन्।

'प्रधानमन्‍त्रीले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, सेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपाल नेपालको दूरसञ्‍चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिनुभएको छ,' प्रधानमन्त्री सचिवालयले भन्यो। 

कौडीको भाउमा एनसेल बिक्री भएपछि संसदीय समितिले समेत यस विषयमा चासो राखेको छ। १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेको एनसेलको ८० प्रतिशत स्वामित्व आजियाटाले ६ अर्ब ६५ करोडमा बिक्री गरेपछि नेपाल सरकारलाई हानी पुर्‍याउने उद्देश्य अर्कोपल्ट उजागर भएकामा संघीय संसद्को सार्वजनिक लेखासमितिले आन्तरिक राजस्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिस्टारको कार्यालयलाई यस प्रक्रियाबारे प्रश्न सोधेको छ। 

यो पनि पढ्नुहोस

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.