सिमरामा थालियो जहाजमा ‘रिफ्युलिङ’

सिमरामा थालियो जहाजमा ‘रिफ्युलिङ’
सुन्नुहोस्

सिमरा : काठमाडौंबाट छोटो दूरीमा रहेको सिमरा विमानस्थलमा हवाई इन्धन रिफ्युल स्टेसन सञ्चालनमा आएको छ। नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आइतबार स्टेसनको उद्घाटन गरेका हुन्।  सेवा प्रारम्भ भएसँगै अब सिमरा विमानस्थलमा अवतरण गर्ने विमानले आवश्यकताअनुसार इन्धन भर्न सक्नेछन्। देशकै पुरानो विमानस्थल भए पनि यसअघि इन्धन रिफ्युल सुविधा नहुँदा आपत्कालीन अवतरण गर्नुपर्ने विमानलाई अन्यत्र पठाइने गरिएको थियो। 

काठमाठौंबाट छोटो दूरीमा रहे पनि इन्धन रिफ्युल गर्ने सुविधा नहुँदा मौसम र ‘एयर ट्राफिक’का कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेका जहाज भैरहवा र विराटनगर डाइभर्ट बाध्यता थियो। अब भने काठमाडौंमा अवतरण गर्न नसकेका जहाजलाई १५ मिनेटको दूरीमा रहेको सिमरा पठाउन सहज भएको छ।  इन्धन स्टेसन सुरु भएपछि हवाई यात्राको कनेक्टिभिटी र पहुँचलाई सुदृढ गर्नुका साथै उड्डयन उद्योग र यात्रुलाई फाइदा पुग्ने निगमको भनाइ छ। जहाजमा इन्धन भर्न यतिबेला सिमरा विमानस्थलमा तीन ट्यांकर राखिएका छन्। जनकपुरबाट इन्धन भरेर आउने ट्यांकरले सिमरा विमानस्थलमा अवतरण भएका जहाजलाई इन्धन उपलब्ध गराउनेछ। ट्यांकर खाली भएमा पुनः जनकपुर पुगेर इन्धन भर्नेछ। १४ किलोमिटरको दूरीमा निगमको अमलेखगन्ज डिपो भए पनि इन्धन भर्न ट्यांकर जनकपुर पुग्नेछन्। 

इन्धन रिफ्युल स्टेसन उद्घाटका क्रममा मन्त्री रिजालसहित मन्त्रालयका सचिव एवम् नेपाल आयल निगम सञ्चालक समिति अध्यक्ष नारायणप्रसाद शर्मा दुवाडी, जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेललगायतको उपस्थिति रहेको थियो। 

यसअघि नेपाल आयल निगमको सिनामंगलस्थित हवाई इन्धन कार्यालयका प्रमुख प्रदीपकुमार यादव र सिमरा विमानस्थल कार्यालयका प्रमुख सूर्यबहादुर खत्रीले इन्धन डिपो राख्न सम्झौता गरिसेकका छन्।  सम्झौताअनुसार डिपो स्थापनाका लागि नागरिक उड्डयन प्राधिकरण सिमराले पाँच कठ्ठा जमिन उपलब्ध गराउनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.