एनसेलको सेयर बिक्रीबारे सरकारलाई जानकारी छैन : अर्थमन्त्री

एनसेलको सेयर बिक्रीबारे सरकारलाई जानकारी छैन : अर्थमन्त्री
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

चितवन : अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्किन थालेको दावी गरेका छन् । अर्थतन्त्रको कारोवार विस्तारै उकालो लाग्न थालेको बताउँदै उनले मुलुकको अर्थतन्त्र सुधारोन्मुख भएको दावी गरेका छन् । 

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अर्थमन्त्री महतले आर्थिक गतिविधि बढ्न थालेकाले लगानीकर्तालाई धैर्य गर्न आग्रह गरे । मुलुकमा रेमिट्यान्स र पर्यटन पनि बढेका कारण अब अर्थतन्त्र सुधारको गतिमा भएको  उनले जिकिर गरे। ‘मौद्रिक नीतिमा सहज रुपमा कर्जा प्रवाह हुँदा धेरै कर्जा जग्गा,सेयरमा गयो भन्ने छ । यसले त्यो क्षेत्रको क्षमताभन्दा बढी प्रवाह भएको हो । अहिले रिर्टन आएको छ । हिजो ऋण लिएर अहिले तिर्न नसक्ने कारण त्यो हो ,’डा.महतले भने ,‘अहिले घर जग्गाको कारोवार माथि उठ्दैछ । रेमिट्यान्स २० प्रतिशतले बढेको छ । पर्यटन पनि अहिलेसम्मकै राम्रो छ ।  यी सबै कारणले आर्थिक गतिविधि बढेको छ ।  ’ 

डा.महतले एनसेलको सेयर बिक्रीको विषयमा आधिकारिक रुपमा सरकारलाई जानकारी नआएको बताउँदै करको विषयमा छलफल अघि बढाएको बताए । चुरे उत्खननको विषयमा कुनै कुरा नभएको बताए । सम्भाव्यता अध्ययन गरेर वातावरणमा असर नपर्ने गरी मात्रै काम अघि बढाउने बताउँदै प्रकृया अघि नबढेको बताए ।

ऋण लिएका लगानीकर्तालाई सरकारले राहत दिने कोसिस गर्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.