भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको निरीक्षण गर्दै ओलीले भने : पछिल्लो समय काम ढिला भयो, चाडो गरौं

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको निरीक्षण गर्दै ओलीले भने : पछिल्लो समय काम ढिला भयो, चाडो गरौं
तस्बिर : ओली सचिवालय
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको काममा पछिल्लो समय ढिलाइ भइरहेकोप्रति ध्यानाकर्षण गराएका छन्। आफ्नो पालामा  तीन वर्ष अघि नै टनेलको ब्रेक थ्रु गरिएको भएपनि अहिले आएर कामले गति लिन नसकेको ओलीले बताएका हुन्।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा रहेका ओलीले मंगलबार बिहान आयोजनाको निरीक्षण गर्दै कामलाई गति दिनुपर्ने बताए। ओलीले भने,‘यथाशीघ्र सम्पन्न गर्न सबैको ध्यान जाओस् भन्न चाहन्छु।’ 

ढिलो चाँडो जे भए पनि आयोजनाको काम सम्पन्न हुनेमा भने उनले विश्वास व्यक्त गरे। काम छिटो हुँदा किसानले छिटो लाभ लिन पाउने उनको भनाई छ। निर्माणको गुणस्तरमा कुनै पनि सम्झौता नगर्न पनि उनले आग्रह गरे। उनले आयोजनामा सानो लापरबाहीले पनि ठूलो क्षति हुने भएको बताउँदै कामको गुणस्तरीय काम हुनुपर्ने धारणा राखे। 

 null

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको २०७६ वैशाख ३ गते मंगलबार ब्रेक थ्रु गरिएको थियो। चीनको सीआइसी र चाइना इञ्जिनियरिङ ओभरसिज प्रालिको संयुक्त निर्माणमा आयोजनाको काम भएको हो। आयोजना निर्माण भएपछि बाँके र बर्दिया जिल्लाका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने छ।  आयोजनाबाट ४६.८ मेगावाट विद्युत् समेत उत्पादन हुने छ। 

भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दिया जिल्लामा सिँचाई सुविधा पुर्‍याउने सो आयोजनाको लक्ष रहेको छ। सो आयोजनाको सुरुङको लम्बाइ १२ हजार मिटर रहेको छ। आयोजना स्थलमा अध्यक्ष ओलीसँगै नेकपा एमालेका केन्द्रीय पदाधिकारी तथा नेताहरू पुगेका थिए। उनीहरूले निर्माणमा भएको प्रगतिको बारेमा पनि जानकारी लिए।

null
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.