‘हटअट्याक’ आउनुभन्दा पहिला नै गृहमन्त्री श्रेष्ठको उपचार भएको हो : डा बज्राचार्य

‘हटअट्याक’ आउनुभन्दा पहिला नै गृहमन्त्री श्रेष्ठको उपचार भएको हो : डा बज्राचार्य
सुन्नुहोस्

काठमाडौं : उपप्रधानमन्त्री  तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटअट्याक आउनुभन्दा पहिला नै उपचार गरिएको छ। गृहमन्त्रीका सचिवालयका अनुसार डा. सुरज बर्जाचार्यले शहिद  गंगालाल राष्ट्रिय हृदय केन्द्रका डाक्टर अरुण मास्केसँग सल्लाह गरि श्रेष्ठलाई अस्पताल ल्याइएको हो।

सचिवालयले भन्यो,‘हटअट्याक आउनुभन्दा पहिला नै उपचार भएको डा. बज्राचार्यले बताउनु भएको छ। गृहमन्त्रीज्युको मुटुमा एन्जियोप्लास्टी सर्जरी गर्न १५–२०मिनेट लागेको थियो। मुटुको धमनिमा अवरोध देखिएकाले एन्जियोप्लास्टी सर्जरी गरिएको हो।’

सचिवालयका अनुसार गृहमन्त्री ज्युको गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा गएराती १२ बजे एन्जियोप्लास्टी सर्जरी गरिएको हो। श्रेष्ठको मुटुमा समस्या देखिएपछि गएराती साढे ११ बजे अस्पताल भर्ना भएका हुन्। उनलाई बेलुका ९ बजेदेखि मुटुमा सामान्य दुखाइ सुरु भएको थियो। 

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्पतालमा पुगेर उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। उनीहरुबीच सामान्य कुराकानी भएको छ। 

गृहमन्त्रीको सचिवालयका अनुसार उनलाई तीनदेखि पाँच दिनसम्म अस्पतालमा नै राख्नु पर्ने डाक्टरले जानकारी गराएका छन्। प्रधानमन्त्री प्रचण्डले भेटघाट गरिसकेपछि डाक्टरको सल्लाहमा अरु भेटघाट बन्द गरिएको छ। 

उनको उपचार हातको नसाबाट भल्व हालेर गरिएको डाक्टर मास्केले जानकारी दिएका छन्। श्रेष्ठको केही समयअघि चीन भ्रमणमा गएका बेला उनको मुटुमा समस्या देखिएको थियो।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.