चिनियाँ प्रतिनिधि र सदस्यसचिव भेटवार्ता

चिनियाँ प्रतिनिधि र सदस्यसचिव भेटवार्ता
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको अवलोकन गर्दै चिनियाँ प्रतिनिधि मण्डल।
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधिमण्डलबीच मंगलबार भेटवार्ता भएको छ।

राजदूतावासका काउन्सुल फर कन्सुलर अफेयरका वाङ दोङको नेतृत्वको टोलीलाई सदस्यसचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गरेका हुन्। भेटका अवसरमा चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा हुने दुई देशबीचको मैत्रीपूर्ण फुटबल आयोजनाका विषयमा छलफल भएको थियो। नेपालको यू–२१ पुरुष टोली फुटबल टोली तथा चीनको चोङ चीन प्रान्तको व्यवसायिक र यसु फुटबल टिमको यू–२१ पुरुष टोलीबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने विषयमा प्रारम्भिक छलफल भएको थियो। चिनियाँ नयाँ वर्षका अवसरमा साँस्कृति आदानप्रदानलगायत विविध कार्यक्रम पनि हुने जनाइएको छ।

चिनियाँ पक्षले मैत्रीपूर्ण फुटबल प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गराउन प्रस्ताव गरेका छन्। त्यसका लागि प्रतिनिधि मण्डल टोलीले दशरथ रंगशालाको अवलोकन पनि गरेको थियो। सदस्यसचिवले टोलीको प्रस्तावमा आफू सकारत्मक रहेको बताउँदै कार्यक्रमलाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।  भेटमा दूतावासका प्रहरी सम्पर्क अधिकारी चेन हान, ओभरसिज चाइनिज एसोसिएसन अफ नेपालका अध्यक्ष, जिन छियोदोङ र उपाध्यक्ष गु यिङमिन सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.