जेलजस्तै खोरमा छन् भीमराज

जेलजस्तै खोरमा छन् भीमराज
मानसिक रोगको समस्याका कारण खोरमा थुनेर राखिएका १७ वर्षीय भीमराज रावत।

दैलेख : घरको अघिल्तिर आँगन सानो छ। आँगनको ठीक अगाडि जस्तापाताले छाएको साँघुरो खोर। झट्ट हेर्दा जेल जस्तै देखिन्छ। उक्त खोर गाईबाख्रा वा अन्य जनावर हुल्नलार्र्ई निर्माण गरिएको भने होइन। न त चराचुरुंगी वा कुखुरा पाल्नकै लागि निर्माण गरिएको हो। 

सुन्दा अचम्म लाग्न सक्छ, उक्त खोर मान्छेलार्र्ई थुन्नका लागि निर्माण गरिएको हो। जहाँ १७ वर्षीय किशोर भीमराज रावत १२ वर्षदेखि पशुझैं थुनिएका छन्। भीमराज जाजरकोटको हिमाली बस्ती बारेकोट गाउँपालिका–४ स्थित रावतगिरी गाउँका ४० वर्षीय कालिबहादुर रावतका जेठा सन्तान हुन्।‘२०६८ देखि छोरा भीमराजको बास त्यही खोरमा छ,’ कालीबहादुरले भने।

भीमराज घरदेखि खोरसम्म पुग्नुको कथा लामै छ। ०६३ मा जन्मिएका भीमराज चार वर्षको उमेरसम्म स्वस्थ्य र तन्दुरुस्त थिए। 

‘पहिले राम्रै बोल्ने, हिँडडुल गर्ने, धेरै चञ्चले स्वभावको थियो, चार वर्षको उमेरमा अत्यधिक ज्वरो आयो, त्यसपपछि थला परेको छोरालार्र्ई निको पार्न सकेनौं, उपचारका लागि धेरै प्रयास गर्‍यौ तर निको भएन,’ कालिबहादुरले भने। 

छोराको उपचारका लागि कालिबहादुरले चार पटकसम्म काठमाडौं पुर्‍याए। ‘मानिसक अस्पताल पाटन, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा उपचार गर्दा पनि छोरालार्र्ई निको भएन, रुकुमको चौरजहारी र जाजरकोट जिल्ला अस्पतालसम्म त कयौं पटक लिएँ,’ उनले भने।

मानिसक रोगको सिकार भएपछि छोरालाई खोरमा थुन्न बाध्य भएको कालिबहादुर बताउँछन्। ‘धेरैले मानिसक रोग हो भनेपछि टिचिङ, वीर अस्पताल हुँदै पाटनको मानिसक अस्पतालमासमेत पुर्‍यायौं, घर फर्काएपछि अस्भाविक तरिकाले चल्ने, मात्तिने, उफ्रिने, पछारिने, अरू साथीहरूलार्र्ई चिथोर्नेे, पिट्ने गर्न थालेपछि थाम्न धौ–धौ हुन्थ्यो। उमेर बढ्दै गएपछि थाम्न झनै गाह्रो पर्न थाल्यो,’ कालिबहादुर भन्छन्। 

परिवारका अन्य सदस्यसँग घरमा राख्दा कपडा च्यात्ने, अन्नपात फाल्दिने, नजिक आएका मानिसहहरूलार्र्ई झम्टिने, दाउरा वा हातहतियारले हिर्काउने, गाईवस्तुलाई दाँतले टोक्ने गर्न थालेपछि छुट्टै खोर बनाएर राखिएको कालिबहादुरले बताए। ‘घरपरिवार, टोल छरछिमेकमा क्षति धेरै हुन थाल्यो, थाम्नै नसक्ने भएपछि खोर बनाएर राखेका हौं,’ उनले भने।

परिवारका अरू सदस्यले छोरालार्र्ई थाम्न नसकेका कारण कालिबहादुर रोजगारीका लागि घर छोडेर जानसम्म पाएका छैनन्। मानिसक रोगी छोरोको रेखदेखमा समय दिनु परेको कारण बेलाबेला गाउँमै खुलेको मजदुरी गर्न वा कालापहाड जान नसकेको कालिबहादुरको भनाइ छ। सहयोगका लागि याचना गर्दै कालिबहादुर भन्छन्, ‘उपचार र रेखदेख गरिदिने कोही संस्था वा निकाय भए मलार्र्ई मजदुरीका गर्ने बाटो खुल्थ्यो, जेठो छोरा त यस्तै भयो। अरू छोरछोरीको शिक्षादीक्षा राम्रो गर्न सकिन्थ्यो।’

भीमराजकी आमा ३९ वर्षीया तुल्सी रावतले छोरालार्र्ई दिनभर खोरमा थुन्ने गरेको बताउँछिन्। ‘दिउँसभरी खोरमा थुन्छौं, साँझ नजिकै ओछ्यानमा सुताउँछौं, जुनेली रात आयो भने उठेर हिँड्ने गर्छ, छोरोको रेखदेख गर्न हामी सक्दैनौं भीमराजको बुवा नै हुनुपर्छ,’ उनले भनिन्। पाँच रोपनि जग्गा र सुनचाँदीसमेत गरी करिब १२ लाख रुपैयाँ छोराको उपचारमा खर्च भएको तुल्सी बताउँछिन्। बिरामी नभएको भए उमेर बढेर परिवारको भरोसा बन्थ्यो। तर, मानिसक रोगी भएका कारण कुनै अप्रिय घटना गराइदेला कि भनेर चिन्ता हुने गरेको उनको भनाइ छ। 

भीमराजसहित ४ सन्तानका अभिभावक कालिबहादुर र तुल्सी दम्पत्तिको मुख्य पेसा कृषि हो। औषधिका लागि बिक्री गरेको बाहेक अब ४ रोपनि जग्गा बाँकी छ। ‘दुईपटक खेती गर्‍यौं भने मुस्किलले तीन महिना खान पुग्छ, एउटा थारो भैंसी छ, खेती लाउन गोरु अरूको मागेर ल्याउँछौं’, उनले भनिन्। खोरमा थुनिएका भीमराज कालिबहादुर दम्पतीका जेठा सन्तान हुन्। उनीहरूका तीन छोराछोरी प्रेमा, पुस्तिका र आयुष क्रमशः कक्षा चार, दुई र एक कक्षामा गाउँकै भगवती माविमा अध्ययनरत छन्।

यो परिवारको रावतगिरि गाउँमा सानो र ठूलो गरी दुइटा कच्ची घरहरू थिए। गत कात्तिक १७ गते जाजरकोटमै केन्द्रबिन्दु बनाएर गएको विनासकारी भूकम्पले सानो एउटा घर तहसनहस बनाएको कालिबहादुर बताउँछन्। 

‘बचेको ठूलो घर पनि चर्किएको छ, अर्को त्यस्तै भूकम्प आयो भने यो पनि भत्किन्छ होला, वडाले त्रिपाल त दिएको छ केही समय त त्रिपालमै रात बितायौं, चिसो बढेपछि चर्किएको घरमा डराइडराई बस्नु परेको छ,’ हामी भत्किनै लागेको घरमा छौं, जेठो छोराको बास खोरमा हुन्छ,’ कालिबहादुरले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.