मोहन वैद्य नेतृत्वको पार्टीले ल्यायो अस्थायी संयुक्त सरकारको कार्यनीति

मोहन वैद्य नेतृत्वको पार्टीले ल्यायो अस्थायी संयुक्त सरकारको कार्यनीति
सुन्नुहोस्

काठमाडौं : मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले तत्कालिक राजनीतिक कार्यनीतिका रूपमा अस्थायी संयुक्त सरकारको कार्यनीति अघि सारेको छ।

बिहीबार काठमाडौंमा पार्टीको ताल्कालिक राजनीतिक कार्यनीतिका बारेमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आठ वर्ष बितिसक्दा पनि राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या झनै विकराल बन्दै गएको र जनताले विकल्पको खोजी गरेको सन्दर्भमा तत्कालिक राजनीतिक कार्यनीतिका रूपमा अस्थायी संयुक्त सरकारको कार्यनीति पारित गरिएको जानकारी दिए।

अस्थायी संयुक्त सरकारले संघर्षका उपलब्धिहरूको रक्षा सहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा आधारित तात्कालिक कार्यक्रमको कार्यान्वयन गर्ने बैद्यले बताए। त्यस्तै पुरानो संविधान खारेज गरी दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद र साम्राज्यवाद विरोधी अन्तरवस्तुमा आधारित जनसंविधानको निर्माणका लागि आधार तयार पार्ने उनले बताए।

उनले पार्टीको कार्यनीतिको कार्यान्वयनका लागि देशभक्त, क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्तिहरूलाई गोलबन्द गरी राष्ट्रिय सम्मेलनको आयोजना र त्यसै सम्मेलनमार्फत् क्रान्तिकारी संयुक्त मोर्चाको निर्माणमा जोड दिइएको बताए। संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि बनेका सरकारले जनजीविकाका समस्याहरू समाधान गर्न नसकेको उनले बताए।

अहिलेको अवस्थामा देश र जनताका लागि वर्तमान राज्यसत्ता, व्यवस्था र संसदवादी राजनीतिक दलहरूको विरोधमा सशक्त, क्रान्तिकारी र अग्रगामी विकल्प चाहिएको सो पार्टीले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.