बागलुङमा लागूऔषधसहित दुई जना पक्राउ
बागलुङ : बागलुङमा लागूऔषधसहित दुई युवा पक्राउ परेका छन्। बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी कुर्लिमारेका २४ वर्षीय नारायण पुन मगर र २१ वर्षीय हिमाल थापा क्षेत्रीलाई ९० एम्पुल लागूऔषधसहित बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले बताए।
उनीहरूको साथबाट डायजेपाम इन्जेक्सन आईपी ३० एम्पुल, नोर्फिन ३० एम्पुल र फेनार्गन ३० एम्पुल लागूऔषध र १४ थान लाइफलाइन लेखिएको सिरिन्ज बरामद गरिएको डीएसपी केसीले बताए।
प्रहरी चौकी विहुँबाट खटिएको टोलीले मगर र क्षेत्रीलाई कुर्लिमारे डाँडाको चौतारीमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा चेकजाँच गर्ने क्रममा मगरको साथमा रहेको छालाको जस्तो देखिने कालो साइड ब्याग भित्र रातो प्लाष्टिकमा लागूऔषध राखिएको फेला पारेको प्रहरीले बताएको छ।
पक्राउ परेका दुवै जनालाई बिहीबार बागलुङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको डीएसपी केसीले बताए।