एसीसी यू-१९ एसिया कप : पाकिस्तानविरुद्ध नेपालले गुमायो पाँच विकेट
काठमाडौं : एसीसी यू-१९ एसिया कपअन्तरगत नेपाल र पाकिस्तानबीच खेल भइरहेको छ। युएईको दुबईमा जारी खेलमा पाकिस्तानले टल जितेर फिल्डिङ रोजेको हो।
पहिले ब्याटिङ गरिरहेको नेपालले १७ ओभरमा पाँच विकेट गुमाएर ४७ रन जोडेको छ।
तिलक राज भण्डारी ७ रन,आकाश त्रिपाठी ६ रन बनाएर आउट भए । कम्तान देव खनाल भने खाता नै नखोली पेभेलियन फर्किएका छन्। यसैगरी २१ रन बनाएर अर्जुन कुमाल आउट भए लगत्तै गुल्सन झा पनि दोहोरो अंक बनाउन सकेनन्।