सुनसरीमा २९० सीमा स्तम्भ मर्मत

सुनसरीमा २९० सीमा स्तम्भ मर्मत
सीमा स्तम्भको मर्मत गर्दै सशस्त्र प्रहरी कोशी प्रदेश प्रमुख डीआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको टोली । तस्बिर : रत्नप्रसाद आचार्य
सुन्नुहोस्

धरान  : नेपाल- भारत सीमा क्षेत्रका २ सय ९० सीमा स्तम्भको मर्मत गरिएको छ । कोशी प्रदेशको सुनसरी र भरातको बिहार राज्यको अररिया सुपौल जिल्लाको सीमानामा रहेका सीमा स्तम्भको मर्मत भइरहेको छ । 

नेपालतर्फ सशस्त्र प्रहरी र भारततर्फ भारतीय सुरक्षा बल एसएसबीको टोलीले सीमा स्तम्भको मर्मत कार्य सुरु गरिएको सशस्त्र प्रहरी बल कोशी प्रदेश प्रमुख डीआइजी अन्जनीकुमार पोखरेलले जानकारी दिए।

उनले एक हजार ७ सय ८७ सीमा स्तम्भको मर्मत कार्य भइरहेको बताए । जसमध्ये सशस्त्र प्रहरीले ४ सय ८४ वटा बिजोडि नम्बरका सीमा स्तम्भ र बाँकी रहेका सीमा स्तम्भको भारत पक्षले मर्मत गरेको डीआइजी पोखरेलले बताए । 

सुनसरीमा पर्ने २ सय ९० सीमा स्तम्भको मर्मत कार्य भइसकेको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख एसपी लकेशकुमार तुम्बाहाम्फेले बताए । उनले सुनसरीमा पर्ने एकसय ३३ बिजोडि नम्बरका सीमा स्तम्भको सशस्त्र प्रहरीले मर्मत गरेको बताए । 

कोशी प्रदेशका सुनसरी, मोरङ, झापा, इलाम र पाँचथर जिल्लामा रहेका सबै सीमा स्तम्भहरुको मर्मत गरि सीमा क्षेत्रको सुरक्षा व्यवस्था मजबुत पारिएको डीआइजी पोखरेलले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.