गाजामा भएको हताहतका लागि अमेरिका जिम्मेवार : प्यालेस्टिनी राष्ट्रपति अब्बास

गाजामा भएको हताहतका लागि अमेरिका जिम्मेवार : प्यालेस्टिनी राष्ट्रपति अब्बास
सुन्नुहोस्

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो लगाएपछि गाजामा भएको महिला र बालबालिकाको हताहतका लागि अमेरिका जिम्मेवार रहेको बताएका छन्।

'अमेरिकी अडानलाई आक्रामक, अनैतिक, अन्तर्राष्ट्रिय मानवीय मूल्य र सिद्धान्तको ठाडो उल्लङ्घन भएको र अमेरिकाले इजरायललाई समर्थन गरेकै कारण गाजामा प्यालेस्टाइनी बालबालिका, महिला र वृद्धवृद्धाको रक्तपातका लागि अमेरिकी सरकार जिम्मेवार रहेको छ,' अब्बासको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सुरक्षा परिषद्को विशेष बैठकमा वासिङ्टनले शुक्रबार लगाएको भिटोले संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेस र अरब राष्ट्रहरूको नेतृत्वमा उक्त क्षेत्रमा तत्काल मानवीय युद्धविराम गर्ने दिशामा भइरहेको प्रयासलाई अवरुद्ध पारेको छ ।

अमेरिकी राजदूत रोबर्ट वुडले उक्त प्रस्ताव ‘वास्तविकताभन्दा टाढा रहेको’ र यसलाई अगाडि बढाउन नहुने बताएका थिए। 

इजरायलले भिटोको प्रशंसा गरेको छ, तर ‘मानवीय युद्धविराम’ को प्रस्तावक संयुक्त अरब इमिरेट्सले नतिजाले आफुलाई ‘गम्भीर रूपमा निराश’ बनाएको बताएको छ ।

अब्बासले शनिबार भने, 'अमेरिकी नीतिले गाजा, वेस्ट बैङ्क र जेरुसेलममा प्यालेस्टिनीविरुद्ध इजरायली कब्जा सेनाले गरेको नरसंहार, जातीय सफाया र युद्ध अपराध हो ।' 

हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार गाजा पट्टीमा हप्तौंदेखि चलेको द्वन्द्वमा करिब १७ हजार ५०० व्यक्तिको मृत्यु भएपछि गुटेर्रेसले आपतकालीन बैठक बोलाएका थिए।

गत अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको रक्तपातपूर्ण आक्रमणका कारण उक्त क्षेत्रमा युद्ध सुरु भएको थियो, जसमा एक हजार २०० व्यक्तिको मृत्यु भएको, मृत्यु हुनेमा अधिकांश सर्वसाधारण रहेका र अन्य २४० जनालाई बन्धक बनाइएको इजरायली अधिकारीहरूले बताएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.