नयाँ शैक्षिक सत्रले मुस्ताङका अभिभावक आन्दोलित
जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयका अभिभावकहरू आन्दोलित भएका छन्। सरकारले हिमाली जिल्लामा पनि शैक्षिक सत्र वैशाखमा नै सुरु गर्ने गरी शिक्षा विकास तथा समन्वय इकाईलाई परिपत्र गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन्।
सरकारको निर्णय हिमाली जिल्ला मुस्ताङका लागि अव्यावहारिक भएको भन्दै आइतबारदेखि आन्दोलन सुरु गरेका छन्। यसअघि फागुनमा शैक्षिक सत्र सुरु हुन्थ्यो।
भौगोलिक विकटता, हिमपात र चिसो कारण हिमाली जिल्लाहरूमा विद्यालय पुरै बन्द हुने त्यसले यहाँका विद्यार्थीहरूको शैक्षिक सिकाई उपलब्धिलाई प्रभावित पार्ने भन्दै अभिभावक पालिकाको कार्यालय पुगेका छन्।
कार्यालय पुगेर विकास विक र रिक्साङ गुरुङले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारी र उपाध्यक्ष जमुना थकालीलाई ज्ञापनपत्र बुझाएका छन्।