साना किसान विकास लघुवित्तको लाभांश घोषणा
काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशतका दरले लाभांश दिने घोषणा गरेको हो।
लघुवित्तको सञ्चालक समितिका मंसिर २४ गते बसेकोे बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको बताइएको छ। जसअनुसार लघुवित्तको चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर र ५ प्रतिशतका दरले नगद लाभांश (करसहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि अबको वार्षिक साधारणसभाले प्रस्ताव पारित गरेपछि मात्रै लाभांश वितरण गरिने बताइएको छ।