बैंकिङ कसुर मुद्दामा करिब ८ करोड रुपैयाँ विगो सुनाइएका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा करिब ८ करोड रुपैयाँ विगो सुनाइएका फरार प्रतिवादी पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा ओखलढुंगा चम्पादेवी गाउँपालिका -३ घर भइ हाल काठमाडौं-३२ बस्ने ३२ वर्षीय शेरबहादुर मगर रहेका छन्।

अदालतबाट बैंकिङ कसुर मुद्दामा ७ करोड  ९७ लाख ५० हजार विगो कायम ठहर भएपछि उनी फरार रहेका थिए।

उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले खोजतलासका क्रममा मगरलाई ललितपुरको हात्तिवनबाट पक्राउ गरिएको जानकारी दिए।

मगरलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.