जंगली हात्ती धुर्बेको दाह्रा काटियो
चितवन : जंगली हात्ती धुर्बेको दाह्रा काटिएको छ। मानव बस्तीमा दुःख दिन थालेपछि हात्तीको दाह्रा काटिएको हो।
चितवन राष्ट्रिय निकुन्जमा ध्रुबेको दाह्रा काटेर रेडियो कलर जडान गरिएको निकुन्जका सूचना अधिकारी संरक्षण अधिकृत गणेश प्रसाद तिवारीले बताए।
निकुञ्ज प्रशासन,नेपाली सेना, भेटेरिनरी प्राविधिक टिमको संयुक्त टोलीले सुकिभार पोस्टबाट करिब ३०० मिटर पूर्वतर्फ डार्ट गरिएको थियो।
केही महिनादेखि निकुञ्जको मुख्यालय वरपरका गाउँ वस्तीमा पसेर बाली नस्ट गर्ने तथा भण्डारण गरेको अन्नबाली नष्ट गर्न थालेपछि दाह्रा काटिएको हो। धुर्बेले १५ भन्दा बढी घरमा क्षति पुर्याएको थियो।
प्रतिक्रिया दिनुहोस !
८