पहिचानवादीलाई ओलीले भने- एमालेले निषेधको राजनीति सहँदैन
दोलखा : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारलाई आफ्नै नेताहरू मिलेर हटाएको बताएका छन्। उनले काम गर्ने नसकेर भन्दा पनि सबै जातजाति, भाषा, धर्म, सम्प्रदायको पक्षमा बोल्दा एमालेलाई सरकार बाहिर पठाएको आरोप लगाए।
उनले कम्युनिस्ट, वामपन्थी जे भने पनि सबै एमाले नै भएको बताए। त्यसैले सबै वामपन्थी विचार बोक्नेहरूलाई उनले एमालेमा आउन आह्वान गरे। उनले पहिचानवादीको नाममा कोशीमा एमालेलाई निषेध गर्नु निन्दनीय भएको बताए।
'एमाले मुलुकको सबैभन्दा ठूलो पार्टी हो। यो पार्टी कसैले यो गर, त्यो नगर भन्दा मान्ने वा कसैले प्रवेश निषेध भन्दा डराउने पार्टी हैन। एमालेले निषेधको राजनीति सहँदैन,' उनले भने। राजनीति भनेको संवादसमेत भएकाले पहिचानवादीहरूको केही माग भए एमाले छलफल गर्न तयार रहेको उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस !
६