उद्योगी व्यवसायीद्वारा गभर्नरलाई ज्ञापनपत्र

उद्योगी व्यवसायीद्वारा गभर्नरलाई ज्ञापनपत्र
सुन्नुहोस्

नेपालगन्ज : बाँके र बर्दियाका उद्योग वाणिज्य संघसम्बद्ध संघसंस्थाले बैंक तथा वित्तीय क्षेत्रलाई उद्योगी, व्यवसायीमैत्री बनाउनुपर्ने मागसहित नेपाल राष्ट्र बैंकका गभर्नरलाई १४ बुँदे ज्ञापनपत्र बुझाएका छन्। उद्योगी व्यवसायीका चार दर्जनभन्दा बढी संघसंस्थाले व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति गठन गरेर मागसहित सोमबार राष्ट्र बैंक प्रादेशिक कार्यालय नेपालगन्जमार्फत गभर्नरलाई ज्ञापनपत्र बुझाएका हुन्। 

समितिका संयोजक तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी नेतृत्वको टोलीले राष्ट्र बैंक प्रादेशिक कार्यालय नेपालगन्जका निमित्त निर्देशक रामकुमार कार्कीमार्फत गभर्नरलाई बुझाइएको ज्ञापनपत्र अर्थमन्त्रीलाई पनि बोधार्थ पठाइएको छ। ज्ञापनपत्रमा एक अंकको बैंक ब्याजदर कायम गर्नुपर्ने, १५ महिने कोरोनाकालका बेला बैंकलाई तिरेको ब्याज फिर्ता गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाले सुरुको सम्झौताअनुसारको ब्याजदर कायम गर्नुपर्ने, १० करोड रुपैयाँभन्दा माथिको ऋण लगानी गर्दा सम्पत्ति शुद्धीकरणको कागजात अनिवार्य गर्नुपर्नेलगायतका रहेका छन्। 

त्यसैगरी संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्रीलाई पनि १४बुँदे ज्ञापनपत्र बुझाइएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइएको हो।

समितिका संयोजक टंकबहादुर धामीले ज्ञापनपत्र बुझाउने क्रममा भने, ‘पहिलो चरणमा हामीले ज्ञापनपत्रमार्फत हाम्रा मागहरू प्रस्तुत गरेका छौं। 
माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्नेछौं।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.