हिमालयन रिइन्स्योरेन्सको आईपीओ जारी गर्न कानुनी बाटो खुला

हिमालयन रिइन्स्योरेन्सको आईपीओ जारी गर्न कानुनी बाटो खुला
सुन्नुहोस्

काठमाडौं : हिमालयन रिइन्स्योरेन्सलाई सर्वसाधारणका लागि सेयर बिक्री खुला गर्ने कानुनी बाटो खुलेको छ। निवेदक हरिबहादुर केसीले सेयर बिक्री रोक्न माग गर्दै उच्च अदालत पाटनमा दायर रिटमा अन्तरिम आदेश जारी अस्वीकार भएको हो।

न्यायाधीशद्वय पुरुषोत्तम ढकाल र जनक पाण्डेको संयुक्त इजलासले दुवै पक्षको छलफलपछि अन्तरिम जारी गर्न अस्वीकार गरेको हो। दुवै पक्षलाई मंसिर २४ गते झिकाउने आदेश न्यायाधीश नारायणप्रसाद रेग्मीको इजलासले गरेको थियो।

केसी निवेदक रहेको रिटमा बिमा प्राधिकरण धितोपत्र बोर्डलगायतलाई विपक्षी बनाइएको थियो। अदालतमा दुवै पक्षको उपस्थितिमा मंगलबार छलफलपछि संयुक्त इजलासले अन्तरिम जारी गर्न अस्वीकार गरेको हो। सर्वोच्च अदालतले मंसिर ११ गते सेयर बिक्री रोक्न माग गर्दै दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको थियो। मंसिर १८ गते अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। त्यसैदिन न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र आनन्द मोहन भट्टराईको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइने सूचीमा परेको थियो।

सर्वोच्चमा उक्त रिटको अर्को पेसी आगामी पुस ४ गतेका लागि तोकिएको छ। अदालतले रिटमा अल्पकालीन अन्तरिम आदेश जारी नगरेको अवस्थामा सेयर बिक्री प्रक्रिया अघि बढाउने कानुनी बाटो कम्पनीलाई खुला रहने छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.