काठमाडौं विश्वविद्यालयका १ सय १३ विदेशीसहित १ हजार ८३८ विद्यार्थी दीक्षित

काठमाडौं विश्वविद्यालयका १ सय १३ विदेशीसहित १ हजार ८३८ विद्यार्थी दीक्षित
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
सुन्नुहोस्

काभ्रे : काठमाडौं  विश्वविद्यालयमा २९ औं दीक्षान्त समारोहमा एक हजार ८ सय ३८ विद्यार्थी दीक्षित भएका छन् । आज दीक्षित हुनेमा विदेशी मुलुकका एक सय १३ विद्यार्थी रहेका छन् ।

बुधबार धुलिखेलमा भएको दीक्षान्त कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता, वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दासको प्रमुख आतिथ्यता दीक्षान्त कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति अशोक कुमार राई र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको उपस्थिति थिए।

दीक्षान्त कार्यक्रममा काठमाडौं विश्वविद्यालयबाट स्कुल अफ आट्र्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी, डिएम र एमसिएच तहका १८ जना, एमफिल तहका ३८ जना, स्नातकोत्तर तहका ३ सय १४ जना, पिजिडी तहका ५२ जना, र स्नातक तहका १ हजार ४ सय १६ जना गरि जम्मा १ हजार ८ सय ३८ जना विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । 

आज दीक्षित भएका आर्टस्का २ सय ९ जना, एजुकेसनका २ सय २५ जना, इन्जिनियरिङका ३९ जना, लका ३९ जना, मेनेजमेन्टका ४ सय ४८ जना, मेडिकल साइन्सेजका ७ सय ७७ जना र साइन्सका १ सय १ जना रहेको छ ।

दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको प्रतिशत ४६.०३ ९६ सय ४६ जना तथा महिलाको प्रतिशत ५३.९७ ९९ सय ९२ जना रहको विश्वविद्यालयले जनाएको छ । दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीहरू ६.१५ प्रतिशत रहेका र तीमध्ये भारत, श्रीलङ्का र मालदिभ्सको गरी ३ देशका १ सय १३ जना विदेशी विद्यार्थी रहेका छन् । 

काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ इन्जिनियरिङ अन्तर्गत मास्र्टस अफ टेक्नोलोजी ईन आर्टिफिसियल इन्टेलिजेन्स १ जनालाई, स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत मास्टर अफ साईन्स ईन मिडवाईफेरी नर्सिङ्गमा ८ जनालाई र स्कुल अफ एजुकेसन अन्तर्गत मास्टर ईन हाईएर एजुकेसनमा ९ जनालाई उपाधि प्रदान गरिएको छ । 

उनन्तीसौं दीक्षान्त समारोहको पहिलो चरणको कार्यक्रमसम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट ४३ हजार १ सय २३ जना उत्तीर्ण भई सकेको विश्वविद्यालयका प्रवक्ता तथा स्कुल अफ आर्टसकी सह प्राध्यापक, एक्कुमाया पुनले बताइन् ।
 
२९ औं दीक्षान्तमा यो वर्ष भाइस चान्सलर स्वर्ण पदक विराट मेडिकल कलेज,विराटनगरका सनम ढकालले प्राप्त गरेका छन् भने जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक स्कुल अफ मेनेजमेन्टका विनायक घिमिरेले प्राप्त गरेका छन् । 

रणबहादुर स्वर्ण पदक अंकित सुवेदी र न्हुछेरत्न तुलाधार स्वर्ण पदक संस्कृति ढकालले प्राप्त गरिन्।

 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.