हमास आक्रमणमा मारिएका पीडित परिवारको घरमा राजदूत गोदर, इजरायली नागरिकसरह नै भरण पोषण दिने घोषणा

हमास आक्रमणमा मारिएका पीडित परिवारको घरमा राजदूत गोदर, इजरायली नागरिकसरह नै भरण पोषण दिने घोषणा
तस्बिर : परमानन्द पाण्डे
सुन्नुहोस्

टीकापुर : नेपालका लागि इजरायली राजदूत खनान गोदरले हमासको आक्रमणमा ज्यान गुमाएका कैलालीका दुई विद्यार्थीका आफन्तलाई घरमै पुगेर भेटेका छन्। 

राजदूत गोदरले ‘अर्न एण्ड लर्न’ कार्यक्रममा इजरायल गएर हमासको आक्रमणबाट ज्यान गुमाएका घोडाघोडी नगरपालिका वडा-४ जनकपुरका नारायणप्रसाद न्यौपाने र जोशीपुर गाउँपालिका वडा-५ का आशिष चौधरीका आफन्तलाई आज घरमै पुगेर भेटेका हुन्। 
 

इजरायलको एलुमिम फर्ममा कार्यरत सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कुल अफ एग्रिकल्चरका दश जना विद्यार्थीले गत असोज २० गते हमासको आक्रमणमा ज्यान गुमाएका थिए।
 
स्कुल अफ एग्रिकल्चरद्वारा मंगलबार आयोजित शोकसभामा पुगेका राजदूत गोदरले मृतकका परिवारका सबै सदस्यसँग भेट गर्न घरमै पुगेको बताए।  ‘मैले इजरायल जानुअघि ती प्रत्येक विद्यार्थीसँग तिमी को हो? तिम्रो भावी योजना के हो? किन जान चाहन्छौं? भनेर सोधेको थिएँ,’ राजदूत गोदरले भने, ‘उनीहरू केही नयाँ प्रविधि सिकेर नेपाल फर्किने योजनाका साथ गएका थिए। दुर्भाग्य उनीहरू आतंककारी हमासको आक्रमणमा परेको घटनाले हामी निकै दुःखित छौं।’

null

मृतकको परिवारका सदस्यलाई सान्त्वना दिँदै राजदूत गोदरले पाहुनाका रूपमा इजरायल गएर ज्यान गुमाएका प्रत्येक परिवार अब इजरायलका लागि आफ्नै परिवारसरह भएको बताए। ‘उनीहरू इजरायल जाँदा पाहुनाको रूपमा गएका हुन्। घटनापछि उनीहरू हाम्रो परिवारका सदस्य हुन्। तपाईँ अब हाम्रो परिवार हो,' न्यौपानेका आफन्तसँग राजदूत गोदरले भने, ‘हामी मासिकरूपमा इजरायली नागरिकले प्राप्त गर्ने सेवा र सुविधा तपाईँहरूलाई प्रदान गर्नेछौं। तपाईँहरूको पीडामा इजरायल आजीवन रहनेछ।’ 

राजदूत गोदरले परिवारका सबै सदस्यबारे सोधखोज गरेका थिए। यता जोशीपुरमा आशिष चौधरीको परिवारलाई भेट्दै गोदरले उक्त घटना क्रूरताको पराकाष्टा रहेको बताए। ‘हमास आतंककारीले अन्धाधुन्ध हत्या गरे। विदेशीहरू, बालबालिका, महिला कसैलाई केही पनि सोधेनन्,' गोदरले भने, ‘लोकतन्त्रको सामान्य मान्यताको ख्यालसमेत नगरी गरिएको आक्रमणमा परी ज्यान गुमाएका विद्यार्थीको परिवारप्रति इजरायलको संवेदना छ। हामी सधैं साथमा रहनेछौं।'

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहसँगै मृतकका परिवार भेट्न पुगेका राजदूत गोदरले विपिन जोशीको सकुशल रिहाईका लागि इजरायलले जस्तोसुकै कदम चाल्ने बताए। ‘हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि इजरायली सरकारले कुनै कसर बाँकी राख्नेछैन,’ गोदरले भने, ‘हामी उनको सकुशल रिहाई र फिर्ताको लागि पहल गरिरहेका छौं।’ 

null

राजदूत गोदरसँगै मृतक न्यौपाने र चौधरीका आफन्त भेट्न पुगेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहले मृतकको स्मृतिमा विश्वविद्यालय, प्रदेश सरकार र इजरायली राजदूताबासको संयुक्त प्रयासमा कृषिकै क्षेत्रमा कार्यक्रम ल्याउने बताए। ‘हमासको आक्रमणले हामी सबैलाई दुःखी तुल्याएको छ। ती परिवारसँग सुदूरपश्चिम प्रदेश सरकारसँगै छ,' मुख्यमन्त्री शाहले भने, ‘विश्वविद्यालय, प्रदेश सरकार र दुताबासको संयुक्त प्रयासमा मृतक विद्यार्थीहरूको स्मृतिमा कृषि क्षेत्रमै केही कार्यक्रम ल्याउनेछौं।’

राजदूत गोदरले मृतक चौधरी र न्यौपानेका परिवारसँगको भेटपछि कस्तो महसुस भयो? भन्ने अन्नपूर्णपोष्ट्को जिज्ञासामा भने, ‘सबै परिवारमा कि बालबच्चा छन्, कि वृद्धवृद्धा छन्, कमाउने उमेरमा छोरा गुमाउँदा उहाँको पीडा खपिनसक्नु छ। मृतकको क्षतिपूर्ति त हुनै सक्दैन। तैपनि हामीले इजरायली नागरिक सरहको सुविधा हरेक महिना दिने व्यवस्था गर्दैछौं।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.