संस्थापनइतर बैठक : संसदीय दलको नेतामा महामन्त्री थापाले गरे शेखरलाई प्रस्ताव

राष्ट्रियसभामा नयाँलाई अवसर दिन कोइराला पक्षको जोड

संस्थापनइतर बैठक : संसदीय दलको नेतामा महामन्त्री थापाले गरे शेखरलाई प्रस्ताव
सुन्नुहोस्

राष्ट्रियसभा अध्यक्षको नेतृत्व लिने गरी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई राष्ट्रियसभा उम्मेदवार बनाउने भनी चर्चा चलिरहेका बेला कोइराला समूहले भने नयाँलाई अवसर दिनुपर्ने माग अघि सारेको हो।

काठमाडौं : कांग्रेसको शेखर कोइराला पक्षले राष्ट्रियसभा चुनावमा सक्षम र नयाँलाई अवसर दिनुपर्नेमा जोड दिएको छ। यसका लागि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने कोइराला समूहको निष्कर्ष छ। राष्ट्रियसभाका एकतिहाइ सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदैछ। 

संस्थापन इतर समूहको बुधबार बसेको बैठकले मापदण्ड बनाएर मात्रै पार्टीले राष्ट्रियसभा उम्मेदवार चयन गर्नुपर्नेमा जोड दिएको हो। राष्ट्रियसभा अध्यक्षको नेतृत्व लिने गरी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई राष्ट्रियसभा उम्मेदवार बनाउने भनी चर्चा चलिरहेका बेला कोइराला समूहले भने नयाँलाई अवसर दिनुपर्ने माग अघि सारेको हो। संस्थापन इतर समूहको बैठकपछि महामन्त्री गगन थापाले राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड बनाउनुपर्ने बताए।

थापाले भने, ‘१४ औं महाधिवेशनपछि हामीले तीनवटा चुनाव गरायौं। तर, एकपटक पनि मापदण्ड बनाउन सकेनौं। सभापतिले न्यायपूर्ण व्यवहार गर्नुभएन।’ डा. कोइरालाले पार्टी र देश ठीक ढंगले नचलेको बताए। संस्थापन इतर समूहका कुनै मतभेद नरहेको दाबी गर्दै कोइरालाले भने, ‘नेपाली कांग्रेसको एउटा समूहले गरेको छलफललाई ठूलो बनाउनु आवश्यक छैन।’

एजेन्डागत रूपमा महामन्त्री थापा र आफूबीच कुनै विवाद नरहेको पनि कोइरालाले बताए। उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङले राष्ट्रियसभा चुनावमा कांग्रेसबाट सक्षम व्‍यक्तिले अवसर पाउनुपर्ने बताए। उनले भने, ‘राष्ट्रियसभा चुनावमा पटक–पटक अवसर पाएकाले नभई कहिल्‍यै अवसर नपाएकाले नेतृत्व गर्न पाउनुपर्छ।’ संस्थापन इतर पक्षका अर्का नेता गुरुराज घिमिरेले चुनाव हारेकाहरूलाई राष्ट्रियसभामा लैजान नहुने बताए।

उनले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयनका लागि पार्टीले मापदण्ड बनाउनुपर्ने बताए। अर्का नेता अर्जुननरसिंह केसीले व्यक्तिगत क्षमता, राष्ट्रिय आवश्यकता र मापदण्ड हेरेर मात्रै राष्ट्रियसभामा मौका दिनुपर्ने बताए। यस्तै बैठकमा महामन्त्री थापाले संसदीय दलको नेताको उम्मेदवारमा शेखर कोइरालालाई प्रस्ताव गरेका थिए ।

पार्टीको १५औं महाधिवेशन ०८२ सालमै गर्नका लागि संसदीय दलको नेता फेर्नुपर्ने र त्यसका लागि इतर समूहबाट कोइरालालाई उम्मेदवार बन्न थापाले प्रस्ताव गरेका हुन्।  ‘पार्टी सभापति शेरबहादुर देउवालाई अब पनि प्रधानमन्त्री बन्न दिने हो भने ०८२ मा महाधिवेशन हुन सकस हुन्छ,’ थापाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने । 
 

यो पनि पढ्नुहोस

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.