जाजरकोटका भूकम्प पीडितमा झाडापखालाको प्रकोप

जाजरकोटका भूकम्प पीडितमा झाडापखालाको प्रकोप
जाजरकोटको भेरी नगरपालिका १ घुयलनेटा गाउँका मानिस। तस्बिर : राजेन्द्र कार्की।
सुन्नुहोस्

जाजरकोट : जाजरकोटको भेरी नगरपालिका १ घुयलनेटा गाउँमा झाडापखालाको प्रकोप देखिएको छ। त्रिपालमा बस्दै आएका ५० बढी भूकम्प पीडितलाई झाडापखाला देखिएको हो। 

भूकम्पपछि त्रिपालमा बस्दै आएका पीडितहरुलाई २/३ दिन यता पखालाले सताइरहेको वडा सदस्य नैनबहादुर विकले बताए। उनले भने,‘गाउँका धेरैलाई पखालाले थला पारेको छ। बालबालिका, तन्नेरी र वृद्धावृद्ध सबैलाई झाडाबान्ता देखिएको छ। उपचारका लागि खबर गर्दा कोही पनि आएनन्। घर घरमै बिरामी छन्।’ 

घुयलनेटाका साथै डौरीकाँडा, भुन लगायतका गाउँमा पनि पखालाका बिरामी देखा परेका छन्। एक सय बढी घरधुरी रहेका ती गाउँमा चिसोले गर्दा पखाला, टाउको दुख्ने, बान्ता आउने लगायतका समस्या देखिएको स्थानीयले बताए। 

स्थानीय धर्मशिला विकले आफू दुई दिनदेखि पखालाले थला परेको बताइन्। उनले आफूलाई पटक-पटक दिसा गर्न मन लाग्ने , दिसा पातलो आउने, उल्टी आउला जस्तो हुने, मुटु दुख्ने, चक्कर आउला जस्तो हुने र स्वास फेर्नसमेत गाह्रो हुने बताइन्। 

null'६ वर्षको छोरालाई पनि पखाला लागेको छ। गाउँमा बिरामी नहुने कोही पनि छैन। धेरैलाई पखाला लागेको छ। रुघाखोकी त सबैलाई लागेको छ', उनले भनिन्, 'निकै गाह्रो भैरहेको छ। नजिक स्वास्थ्य संस्था पनि छैनन्।'

गाउँमा धेरै बिरामी भएको खबर सुनेपछि आफूले वडा नम्बर १ को पिपेमा रहेको स्वास्थ्य केन्द्र र नगर स्वास्थ्य शाखामा खबर गरे पनि उपचारको लागि गाउँमा कोही नआएको वडा सदस्य नैनबहादुरले बताए।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा.प्रतिक्षा भारतीले दिउँसो २ बजेपछि घुयलनेटा गाउँमा झाडावान्ताले धेरैलाई बिरामी पारेको खबर आएको तर अलि विकट ठाँउ भएको र अबेला पनि भैसकेकोले बुधबार जान नसकेपछि बिहीबार औषधी र स्वास्थ्यकर्मीसहितको टोली लिएर प्रभावित क्षेत्रतर्फ जाने बताइन्। उनले भनिन्, 'बिरामी भएको सुनेको छु। चिसो र खानपान नमिल्दा कोल्ड डायरियाको समस्या हुन सक्छ। त्यहाँ पुगेपछि मात्र कति बिरामी रहेछन् र के भएको रहेछ जानकारी हुन्छ।'

जिल्लाका विभिन्न ठाँउमा पखाला, निमोनिया र स्वासप्रश्वास सम्बन्धी रोगका बिरामी बढ्दै गएका छन्। जिल्लामा भूकम्प पछि चिसोका कारण २८ जना दिर्घरोगी र अन्य रोगका बिरामीहरुको ज्यान गएको छ। त्रिपालको चिसोले भूकम्प पीडितलाई निकै सकस परिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.