जाजरकोटको चंखेलीमा इलाका प्रशासन कार्यालय स्थापना

धेरै दिन खर्चिएर सदरमुकाम धाउनु पर्ने समस्याको अन्त्य

जाजरकोटको चंखेलीमा इलाका प्रशासन कार्यालय स्थापना
जाजरकोटको छेडागाड नगरपालिका ५ चंखेलीमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै उर्जा मन्त्री शक्ति बस्नेत। तस्बिर : राजेन्द्र कार्की।
सुन्नुहोस्

जाजरकोट : भूकम्पको लाभग्राही कायम गरी अस्थायी आवासका लागि अनुदान लिनका लागि केही दिन यता जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको भीड नै लाग्ने गरेको छ।

तर छेडागाड नगरपालिका ११ का मानिसलाई भने नागरिकता लिनकै लागि सदरमुकाम धाउनु पर्ने समस्या अन्त्य भएको छ। 

छेडागाडकै चंखेली भन्ने ठाँउमा इलाका प्रशासन कार्यालय स्थापना हुँदैछ र त्यहींबाट नागरिकता वितरण हुँदैछ भन्ने जानकारी पाएपछि बुधबार दिउँसो चंखेली पुगेकी सीता कुमारी गिरीलाई जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरे।

 
जाजरकोटको छेडागाड नगरपालिका ५ चंखेलीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएसँगै उनले नागरिकता पाएकी हुन्।  

नागरिकहरुलाई घरदैलोमै सेवा दिने उद्देश्यले पश्चिम जाजरकोटका चार वटा पालिकालाई सेवा दिने गरी चंखेलीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको हो।  नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले एक कार्यक्रमका बीच बुधबार कार्यालयको उद्घाटन गरेका हुन्। इलाका प्रशासन कार्यालय स्थापनासँगै नागरिकता लगायतका कामका लागि जिल्ला सदरमुकाम धाउनु पर्ने अवस्थाको अन्त्य भएको मन्त्री बस्नेतले बताए। जिल्ला प्रशासन कार्यालयबाट हुने सबै काम इलाका प्रशासन कार्यालयबाट हुनेछ।

यस क्षेत्रका नागरिकको अब नागरिकता लगायतको सरकारी कामकाजको लागि ऋण खोजेर सदरमुकाम खलंगा जानुपर्ने बाध्यताको अन्त्य भएको छ। यो कार्यालयको स्थापना सँगै स्थानीय खुसी भएका छन्।  आफ्नै गाँउ घरमा नागरिकता लगायत सेवा पाउँदा आफूहरु निकै खुसी भएको स्थानीय रत्नबहादुर शाहीले बताए। एउटा सामान्य कामका लागि पनि सदरमुकाम जाँदा गाडी भाडा, होटल बास लगायतको खर्चमा एक जनाको १० हजारभन्दा बढी रकम लाग्थ्यो तर गाँउ घरमै इलाका प्रशासन स्थापना भएपछि स्थानीयको पैसा र समय बचत हुने उनले बताए।

यस कार्यालयबाट पश्चिम क्षेत्रका छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र कुशे गाउँपालिकाका चार वटा वडाका नागरिकले नागरिकता लगायतका  सेवा पाउने भएका छन्।  

कार्यक्रममा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले नागरिकलाई नागरिकता, विभिन्न सिफारिस लगायत सरकारी  सेवा सुविधा घर दैलोमा दिन यो कार्यालय स्थापना गरिएको बताए। उनले केही दिनमा नै पासपोर्ट लगायतका काम पनि इलाका प्रशासनबाटै गरिने बताए।  इलाका प्रशासन कार्यालय स्थापनासँगै जिल्ला प्रशासन कार्यालयमा हुने भीडभाड र कामको चाप पनि कम हुने प्रजिअ सुनारले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.