‘यो सरकार असफल भइसकेको छ’

‘मिसन ८४’ जनताको, नेपाल र नेपालीको मिसन ८४ हो : ओली

‘मिसन ८४’ जनताको, नेपाल र नेपालीको मिसन ८४ हो : ओली

ओलीले अहिलेको सरकार देखेर नेपाली कांग्रेसका नेताहरु नै आजित भइसकेको टिप्पणी गरे।

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा बलियो राष्ट्रिय शक्ति निर्माण नभई देशको विकास हुन नसक्ने बताएका छन्। ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा’को क्रममा बिहीबार भोजपुरको पौवादुङ्मा गाउँपालिका-२ को तिवारीभञ्ज्याङमा आयोजित सभामा उनले राष्ट्रिय शक्ति मजबुत नभई देशमा सुशासन कायम हुन नसक्ने दाबी गरेका हुन्।

‘हामीले परिकल्पना गरे समृद्ध नेपाल, सुखी नेपाली हो। यो बनाउने सन्दर्भमा हामीले मिसन ८४ भनेका हौं। मिसन ८४ जनताको मिसन ८४ हो।’ओलीले भने,‘नेकपा एमालेले प्रतिनिधित्व गरेको हो तर मिसन ८४ नेपाल र नेपालीको मिसन ८४ हो। जहाँसुकै बस्ने, जुनसुकै पेशा, व्यवसाय, जात, धर्म, संस्कृति मान्ने जनताको पनि मिसन ८४ हो।’

null

उनले देशी विदेशी शक्तिको षड्यन्त्र लगाएर एमालेलाई सरकारबाट बलजफ्ती हटाएपछि देशको अवस्था नाजुक हुँदै गएको बताए। ओलीले नेपाली कांग्रेसका नेताहरु नै अहिलेको सरकार देखेर आजित भइसकेको टिप्पणी गरे। ओलीले भने,‘राजनीति बिग्रिएको देखेर, अर्थतन्त्र बिग्रिएको देखेर ,जनताले दु:ख पाएको देखेर सबैमा एउटा चिन्ता छाउने स्थिति बनेको छ।’

उनले यो अवस्था देखेर समृद्ध नेपाल, सुखी नेपालीको बनाउन एमाले मिसन ८४ मा होमिएको उनको भनाई छ। उनले अहिलेको सरकार आफ्नै अयोग्यताले ८४ सालसम्म टिक्न सक्ने अवस्थामा भएको दाबी गरे। ‘देशबाट यो सरकार असफल भइसकेको छ’ओलीले भने।

ओलीले सरकार कुहिएको फल जस्तो भएको भन्दै टिप्पणी गरे। उनले कांग्रेसले नै २०८४ सम्म पर्खन नसिकने भनिरहेकाले गठबन्धन कुहिसकेकोले कुनै बेला खस्ने बताए। समृद्ध नेपाल निर्माणको खाका नेकपा एमालेसँग मात्र भएको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले त्यसका लागि एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको प्रष्ट पारे। नेकपा एमालेले २०८४ निर्वाचनलाई मिसनकै रूपमा लिएको उनको भनाइ छ।

उनले एमालेको नेतृत्वको सरकारको पालामा विकास निर्माणमा असाधारण प्रगति गरेको बताए। उनले कृषि उत्पादनमा जोड दिनुपर्ने आवश्यकता रहेको समेत बताए। उनले भने, ‘कृषिमा आधुनिकीकरण गरेर अगाडि बढ्नुपर्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता छ।’null

एमालेको संकल्प यात्रा आज १५ औं दिनमा पुगेको छ। मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटीलगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिका लागि संकल्प यात्रामा  छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.