नेपाली कांग्रेस पाल्पाको जिल्ला सम्मेलनको तयारी पूरा
तानसेन : नेपाली कांग्रेस पाल्पाको जिल्ला सम्मेलनको तयारी पूरा भएको छ। यही मंसिर ३० गते हुने सम्मेलनको तयारी पूरा भएको हो।
तानसेनमा पत्रकार सम्मेलन गरी प्रथम जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। जिल्ला वडा, पालिका, प्रदेश तथा क्षेत्रीय सम्मेलन पूरा भएसँगै जिल्ला सम्मेलन गर्न लागिएको हो।
नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पार्टीको वार्षिक नीति, कार्यक्रम तय गर्नका लागि जिल्ला सम्मेलनको आयोजना गरिएको बताए।
जिल्ला सम्मेलनको पार्टी महामन्त्री गगन कुमार थापा, केन्द्रीय सदस्य चन्द्र भण्डारी, पुष्पा भुसाल, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको सभापति श्रेष्ठले बताए। सम्मेलनमा १ हजार ३ सय ७६ जना प्रतिनिधिहरूको सहभागिता रहने छ।
प्रतिक्रिया दिनुहोस !