नक्कली सवारी दर्ता किताब बनाउने दुई जना गाडीसहित पक्राउ
काठमाडौं : नक्कली सवारी दर्ता किताब बनाउने दुई जना गाडीसहित पक्राउ पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेको तेपाल गाउँपालिका-८ घर भई काठमाडौंको बौद्ध बस्ने ४२ वर्षीय दिलबहादुर घिसिङ तामाङ र सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका-१ भई काठमाडौंको कागेश्वरी मनोहरा बस्ने ३३ वर्षीय आइतसिंह तामाङ रहेका छन्।
काठमाडौं उपत्यकामा केही व्यक्तिहरूले लिखत किर्ते गरी सवारी दर्ता किताब लगायतका कागजातहरू तयार गरी लिखत किर्ते गर्ने गरेको गोप्य सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो। टोलीले नक्कली सवारी दर्ता प्रमाणपत्र भएका ५ वटा गाडीसहित उनीहरू पक्राउ परेका हुन्।
पक्राउ परेका दुवैलाई लिखत किर्ते सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।