११ वर्षदेखि फरार प्रतिवादी पक्राउ
बागलुङ : सवारी ज्यान कसूर मुद्दाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागलुङको ढोरपाटन नगरपालिका–३ का ३४ वर्षीय बाबुराम दमाई रहेका छन्।
बाबुरामलाई बागलुङ जिल्ला अदालतले सवारी ज्यान कसुर मुद्दामा २०६९ वैशाख ७ गते १ महिना १७ दिन कैद सजाय फैसला सुनाएको थियो।
इलाका प्रहरी कार्यालय बुर्तिबाङ बागलुङबाट खटिएको टोलीले बाबुरामलाई पक्राउ गरी लगत कट्टाका लागि आइतबार बागलुङ जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले जानकारी दिए।