जाजरकोटमा भूकम्पमा मारिएका व्यक्तिका परिवारले पाए बीमा बापतको रकम

जाजरकोटमा भूकम्पमा मारिएका व्यक्तिका परिवारले पाए बीमा बापतको रकम
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

त्रिवेणी (रुकुम पश्चिाम) : गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पका कारण रुकुम पश्चिममा मृत्यु भएका व्यक्तिका परिवारलाई राष्ट्रिय बीमा कम्पनीले बीमा बपतको रकम उपलब्ध गराएको छ । 

कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका नागरिकको प्राकृतिक विप्दबाट मृत्यु भएमा प्रतिव्यक्ति  दुई लाखका दरले राहत रकम उपलब्ध राउन राष्ट्रिय बीमा कम्पनीसँग २०७६ साल चैत्र १ गतेदेखि लागू हुनेगरी प्राकृतिक विपत् दुर्घटना बीमा कार्यक्रम सुरु गरेको थियो । सोहीअनुसार बीमा कम्पनीले भूकम्प पीडित क्षेत्रमा पुगेर मृतक परिवारका सदस्य तथा हकवालालाई नगद राहत हस्तान्तरण गरेको हो ।

उक्त कम्पनी, बीमा प्राधिकरण तथा कर्णाली प्रदेश आन्तरिक माामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीलगायतको सहभागितामा आठबीसकोट नगरपालिकाका ३४ मृतकका हकवालालाई प्रतिव्यक्ति दुई लाखका दरले ६८ लाख प्रदान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए।

बाँकी आठ मृतकका परिवारलाई भने कागजात नपुगेकाले केही समय लाग्ने बताइएको छ । यस्तै सानीभेरी गाउँपालिकामा मृत्यु भएका १२ मृतक परिवारका सदस्यहरुलाई पनि बीमा कम्पनीले दुई लाखका दरले राहत उपलब्ध गराएको गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले राससलाई जानकारी दिए । उनका अनुसार मृतकका परिवारलाई  वडामै पुगेर दुईलाखका दरले २४ लाख  उपलब्ध गराइएको थियो । 

चौरजहारी नरपालिकामा पनि भूकम्पका कारण एक जनाको मृत्यु भएको र निजका परिवारले पनि बीमाबापतको रकम पाउन बाँकी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए। जिल्लामा ४६ मृतकका परिवारले  दुई लाखका दरले रु ९२ लाख पाएका छन् भने अझ नौ  जनाले रकम पाउन बाँकी छ ।

गत कात्तिक १७ गते राति भूकम्प जाँदा रुकुम पश्चिमा ५३, सानीभेरी गाउँपालिकाका दुईजनाको मृत्यु भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.