हत्या अभियोगमा सफाइ पाएका सांसद महतोलाई २१ किलोको माला
महोत्तरी : थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट सफाइ पाएका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई २१ किलोको मालाले स्वागत गरिएको छ। नेपाल कुशवाहा कल्याण समाजले उनको निवास निगौलमा सम्मान गरेको हो।
समाजका जिल्ला अध्यक्ष विजयकुमार महतोले सांसद महतोलाई सफल कार्यकालको शुभकामना दिएका थिए। जनताको दुःखमा मल्हम लगाउनका लागि जनमैत्री विकास निर्माणमा सक्रिय भूमिका निर्वाह गरिदिन उनीहरूको आग्रह थियो।
जनतासँग प्रत्यक्ष भेटघाट गरी उनीहरुको समस्या समाधानका निम्ति आफू सक्रियरूपमा लाग्ने सांसद महतोले प्रतिवद्धता जनाएका थिए। अदालतले गत बिहीबार महतोलाई सफाई दिएको थियो।