भूकम्पपीडितको जस्तापाता बोकेको ट्याक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना : श्रीमान-श्रीमतीसहित ५ जनाको मृत्यु, ९ घाइते

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना : श्रीमान-श्रीमतीसहित ५ जनाको मृत्यु, ९ घाइते
नगर अस्पताल राडी रुकुम पश्चिममा घाइतेको उपचार हुँदै

जाजरकोट : रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको कोटच्यारीगाउँ खोला नजिकै ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। रुकुम पश्चिम आठबीसकोट नगरपालिका–१० पिरिकोट भित्रि सडकखण्डको वडा नम्बर ८ स्थित घर्तीगाउँ जाँदै गरेको भूकम्प पीडितको जस्तापाता बोकेको रा १ द १४ ट्याक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परी आठबीसकोट १० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाहीको मृत्यु भएको हो।

यस्तै भईडाँडाका ५२ वर्षीय भर्दर सार्की, सार्की वाडाका ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको प्रहरीले जनाएको  छ। बुधबार राति सवा १० बजे दुर्घटना भएको आठबीसकोट इलाका प्रहरी कार्यालयले जनाएको छ। उनीहरुको शवलाई नगर अस्पतालमा ल्याइएको छ।

दुर्घटनामा अन्य ९ जना घाइते भएका छन्। घाइतेहरुमा आठबीसकोट ८ का ४१ वर्षीय खडक बहादुर पुन, वडा नम्बर १० का ३८ वर्षीय रमेश सार्की , वडा नम्बर ८ का १४ वर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ , ५१ वर्षीय जगबीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन रहेका छन्।

घाइतेको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। उक्त ट्याक्टरका चालक आठबीसकोट ९ का २१ वर्षीय गोपाल विक अहिले फरार रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.