महिलाको हत्या गरी फरार दुईजना सात वर्षपछि पक्राउ

महिलाको हत्या गरी फरार दुईजना सात वर्षपछि पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रहरीले काठमाडौंको बल्खुमा सात वर्षअघि एक महिलाको हत्या गरी फरार रहेका एकजनालाई पक्राउ गरेको छ । २०७४ पौष ३० गते काठमाडौंको बल्खु भुवनेश्वरमन्दिर पछाडि ज्यामी काम गर्ने अप्सरा भन्ने नारायणी तिमिल्सिनाको हत्या गर्ने एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर भएका जगत विश्वकर्मा र मुख्य योजनाकार धादिङ घर भएका  ४६ वर्षीय शिवराम अधिकारीलाई सार्वजनिक गरेको हो ।

अधिकारी भने यसअघि नै चोरीको घटनामा कारागारमा रहेका थिए । घटनाको अनुसन्धान गर्दा अधिकारी हत्याको मुख्य योजनाकार रहेको खुलेको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

प्रहरीका अनुसार मृतक अप्सरासंगको चिनजानका क्रममा शिवरामले बल्खु क्षेत्रमा बोलाएर हत्यार गरेका थिए । हत्यापछि अप्सराले लगाएको सुन र खल्तीमा भएको केहि नगद निकालेर फरार भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

विश्वकर्मालाई बुधबार नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको समेत प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.