लागूऔषधसहित एक जना पक्राउ
भैरहवा : रुपन्देहीमा लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुपन्देहीको मर्चवारी गाउँपालिका-४ का २१ वर्षीय गोपीकिसन चौधरी रहेको रुपन्देही प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका-८ बैंक कोलोनीबाट १६ ग्राम ३ सय मिलिग्रामसहित चौधरीलाई पक्राउ गरेको हो।
चौधरीलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।