भन्सार छलेर ल्याएको दुई हजार केजी चिनी बरामद

भन्सार छलेर ल्याएको दुई हजार केजी चिनी बरामद
सुन्नुहोस्

उदयपुर : भन्सार छली बजार भित्र्याउने क्रममा उदयपुर प्रहरीले चिनी र खैनीसहित एक पिकअप गाडी नियन्त्रणमा लिएको छ। सिरहाबाट उदयपुरको व्यापारिक केन्द्र कटारीतर्फ लैजाँदै गरेको दुई हजार केजी चिनी र कबिर छाप खैनी ८ बोरा बरामद भएको हो।

प्रहरी चौकी बेलश्रोतले नियमित चेकजाँचका क्रममा प्रदेश २–०१–००१ च ०६३० नम्बरको पिकअपमा गाडीमा उक्त सामग्री भन्सार छली भित्र्याएको भेटिएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सूचना अधिकारी हरिनन्दन चौधरीले जानकारी दिए। 

प्रहरीले बरामद सामग्री र पिकअप भ्यान थप अनुसन्धानका लागि राजश्व कार्यालय इटहरी पठाएको उनले बताए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.