जाजरकोटका भूकम्प पीडितलाई एक लाख सहयोग

जाजरकोटका भूकम्प पीडितलाई एक लाख सहयोग
सुन्नुहोस्

वीरगन्ज : बाराको परवानीपुर गाउँपालिकाले जाजरकोटका भूकम्प पीडितहरूका लागि आर्थिक सहयोग गरेको छ। 

गाउँपालिका अध्यक्ष राम क्षेत्री प्रसाद कुर्मीको नेतृत्वमा गएको गाउँपालिकाको टोलीले शुक्रबार जाजरकोटमै पुगेर भूकम्प पीडितहरूका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो। 

शुक्रबार जिल्ला प्रशासन कार्यालय जाजरकोटमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई परवानीपुर गाउँपालिकाको तर्फबाट एक लाख रुपैयाँको चेक प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले बताए। 

भूकम्पबाट ठूलो जनधनको क्षति ब्यहोरेका जाजरकोटका भूकम्प पीडितहरूलाई केहि राहत होस् भनेर परवानी गाउँपालिकाको तर्फबाट आर्थिक सहयोग गरिएको टोलीमा सहभागी अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव उमेश गुप्ताले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.