प्रो-क्लब च्याम्पियन टी-२०: पर्सा ११ को लगातार दोस्रो जीत

प्रो-क्लब च्याम्पियन टी-२०: पर्सा ११ को लगातार दोस्रो जीत

वीरगन्ज : वीरगन्जमा जारी प्रो-क्लब च्याम्पियन टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सन्दीप लामिछाने कप्तान रहेको पर्सा-११ ले लगातार दोस्रो जीत हात पारेको छ।

नारायणी रंगशालामा शनिबार भएको खेलमा भारतको वन्डर क्लब नोयडालाई ५ विकेटले पराजित गर्दै पर्सा ११ ले लगातार दोस्रो जीत हात पारेको हो। नोयडाले दिएको १०२ रनको लक्ष्य पर्सा ११ ले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो ।
 

पर्साका ११ का ब्याटर पवन सरार्फले आक्रमक ब्याटिङ गर्दै १३ बलमा अविजित २७ रन बनाएपछि पर्सा ११ को जीत सुनिश्चित भएको हो। यस्तै हासिम अन्सारीले ३९ बलमा २१ रन, अनिल साहले २४ बलमा २१ रन र इमरान शेखले १६ बलमा १४ रनको योगदान दिए।

बलिङतर्फ नोयडाका सन्जीव चतुर्वेदीले ४ ओभरमा १७ रन दिँदै २ विकेट लिए भने हर्षित सेठ्ठीले ४ ओभरमा १६ रन दिँदै २ विकेट लिए। यस्तै दिवांश रावतले ३ ओभरमा १९ रन दिदै एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गर्दै वन्डर क्लब नोयडाले १९।५ ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको थियो। नोयडाका लागि अल्पित गुप्ताले २६,हर्षित सेठ्ठीले १८ रन र तरुण बिष्टले १५ रन जोडेका थिए।

बलिङतर्फ  पर्सा ११ का कप्तान सन्दीप लामिछानेले ४ ओभरमा १४ रन दिँदै २ विकेट लिए भने सैफुल्लाह अन्सारीले पनि ४ ओभरमा ११ रन दिदैं २ विकेट लिए। पवन सर्राफले ३ ओभरमा २८ रन दिदैं १ विकेट लिए।

यसअघि गत बिहीबार भएको उद्घाटन खेलमा पर्सा ११ ले भारतकै युपी ११ लाई १ विकेटले हराएको थियो। शनिबार नै भएको अर्को  खेलमा नेपाल पुलिस क्लबले युपी ११ लाई ६ विकेटले पराजित गरेको छ। युपी ११ ले दिएको ८८ रनको झिनो लक्ष्य पुलिसले १४.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।

पुलिसका लागि शंकर राणाले ३६ बलमा अविजित ३४ रन बनाए। यस्तै पुलिसका कप्तान आरिफ शेखले २३ बलमा २३ रन र दिलिप नाथले १७ बलमा २१ रन बनाए। बलिङतर्फ युपी ११ का अहमदले २, भीम शर्मा र वासी अहमदले १/१ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको युपी ११ ले २० ओभरमा ७ विकेट गुमाएर ८८ रन मात्र बनाएको थियो। युपी ११ का लागि निखिल प्रतापले २४ रन, जयदीप सिंहले १७ रन र शुभम चौधरीले १९ बलमा १५ रन बनाएका थिए। पुलिसका बलर रसीद खान एक्लैले ३ विकेट लिए। करण केसी र सागर ढकालले २/२ विकेट लिए। 

प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर क्लब नोयडा गरी ६ टिमले भाग लिएका छन्। सिंगल राउण्ड रोविन लिगको खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। लिगमा पहिलो र चौथो हुनेबीच पहिलो सेमिफाइनल खेल हुनेछ भने दोस्रो र तेस्रो हुने टोलीबीच दोस्रो सेमिफाइनल खेल हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.