बससँग स्कुटर ठोक्किँदा एकजनाको मृत्यु, दुई चालक प्रहरी नियन्त्रणमा

बससँग स्कुटर ठोक्किँदा एकजनाको मृत्यु, दुई चालक प्रहरी नियन्त्रणमा
सांकेतिक तस्बिर।

झापा : पूर्व-पश्चिम राजमार्गअन्तरगत झापाको कमलमा बससँग स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ । कमल गाउँपालिका-४ स्थित ज्योति चोकमा सोमबार बिहान ९ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प २०५१ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४३५ नम्बरको बससँग ठोक्किँदा दुर्घटना भएको थियो । 

दुर्घटनामा परी स्कुटरको पछाडि सवार अर्जुनधारा नगरपालिका- ७ निवासी ५० वर्षीय टेकनाथ खतिवडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु थियो । यता स्कुटर चालक अर्जुनधारा-९ निवासी २१ वर्षीय कमलप्रसाद खतिवडा र बस चालक मोरङ कानेपोखरी- ६ निवासी ३० वर्षीय केशव बस्नेतलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.