भारतको युपीविरुद्ध नेपाल आर्मीको सहज जीत

भारतको युपीविरुद्ध नेपाल आर्मीको सहज जीत
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा जारी नेपाल प्रो-क्लब च्याम्पियनसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले भारतको युपी–११ लाई ६५ रनले पराजित गरेको छ।

नारायणी रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा १३३ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको युपी १४.३ ओभरमा ६७ रनमात्र बनाउँदै अलआउट भएपछि आर्मीले सहज जीत हात पारेको हो।

युपीका लागि अल्तमास आलमले सर्वाधिक १६ रन बनाए। उसका अन्य ब्याटरले उल्लेख्य संख्यामा रन बनाउन सकेनन्। बलिङतर्फ आर्मीका  पवन कार्की र साहब आलमले तीन–तीन तथा बसिर अहमद र सोमपाल कामीले दुई–दुई विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले १९।५ ओभरमा अलआउट हुदैं १३२ रनको योगफल तयार पारेको थियो। आर्मीका लागि ओपनर ब्याटर सन्तोष कार्कीले सर्वाधिक ४४ रनको योगदान गरे। 

उनले ३२ बलमा तीन छक्का र चार चौका हिर्काए। भीम सार्कीले पनि २३ रनको योगदान गरे। साहब आलमले २२ र बसिर अहमदले १४ रन जोडे। बलिङतर्फ युपीका वासी अन्सारी एक्लैले तीन विकेट लिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.