बेथिति अन्त्य गर्न सरकार निर्मम भएर लागेको छ : सापकोटा

बेथिति अन्त्य गर्न सरकार निर्मम भएर लागेको छ : सापकोटा
सुन्नुहोस्

बैतडी : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जनतासँग माओवादी रुपान्तरण अभियान सार्थक भएको बताएका छन्। पाटनमा आयोजित पत्रकार सम्मेलनमा रुपान्तरण अभियानबाट जनतासँग झनै निकट सम्बन्ध स्थापित भएको उनले बताए। 

२०६४ सालको निर्वाचनमा पाएको जनमत र २०७९ मा पाएको जनमतको समीक्षा गर्दा माओवादी केन्द्र र जनताबीचको सम्बन्ध कमजोर भएको महसुस गरिएपछि यो अभियानको थालनी गरेको बताउँदै सापकोटाले रुपान्त्रण अभियानबाट नयाँ विश्वास पैदा गर्न सफल भएको बताए। ‘हामीले जनासँगै हिँडनुपर्छ। उनीहरूकै जीवनस्तरमा रहनुपर्छ। सोहीअनुसारको अभ्यास गरिरहेका छौं। केही हदसम्म सफल भयौं,' उनले भने। 

रुपान्त्रण अभियान पार्टीको मात्रै नभई सिंगो राज्यकै अभियान भएको सापकोटाको भनाइ थियो। ‘यो आन्दोलनको पनि शुद्धीकरण हो। परम्परागत शैली र सोचले हुँदैन,’ उनले भने, ‘दृष्टिकोण, कार्यनीतिमा परिवर्तन गर्न जरुरी छ।' माओवादीको रुपान्तरण अभियानबाट जनतामा आशाका झिल्काहरू पैदा भएको उपाध्यक्ष सापकोटले बताए। 

‘पार्टी चलायमान भएको छ। पाटीका कमिटीहरू सक्रिय भएका छन्। जनमुखी पनि भएको छ,’ सापकोटाले भने,  ‘समन्वयमा अझै ध्यान दिनुपर्ने देखिएको छ, वैज्ञानिक योजना बनाउदा अझै ध्यान दिनुपर्ने देखिएको छ।' कार्यकर्ताहरू जनतातिर फर्किने एउटा बलियो आधार भएको उपाध्यक्ष सापकोटाको भनाइ थियो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा रहेको सरकार लयमा रहेको समेत सापकोटाले बताएका थिए। देशमा विगतमा भएका बेथितिको अन्त्य गर्नको लागि सरकार निर्मम भएर लागेको सापकोटाले बताए। ललिता निवास प्रकरण, सुन प्रकरण, भुटानी शरणार्थीलगायतका देशका अहितमा भएका सबै कामविरुद्ध सरकार कठोर भएर लागेको सापकोटाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.