साउदीबाट क्यान्सर पीडित तथा विपन्न विद्यार्थीलाई आर्थिक सहयोग
![साउदीबाट क्यान्सर पीडित तथा विपन्न विद्यार्थीलाई आर्थिक सहयोग](https://annapurnapost.prixacdn.net/media/albums/sahayog_bKioqYdIoB_vUFb7L1hH4.jpg)
साउदी : सन् २०१२ मा वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेका यमबहादुर गुरुङ्ग (यम तमु)ले क्यान्सर पीडित, विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री र अलपत्र परेका नेपालीलाई हवाई टिकटमार्फत आर्थिक सहयोग स्वरूप ३ लाख ८० हजार रुपैयाँ सहयोग गरेका छन्।
संखुवासभा जिल्ला धर्मदेवी नगरपालिका ८ बस्ने आसिका जिमि (माम्लिङ, संखुवासभा)का ५ वर्षीय कान्छा छोरा आगमन लिंखालाई क्यान्सरको उपचारको लागि ५० हजार सहयोग गरेका हुन्।
त्यस्तै डडेल्धुराको परशुराम नगरपालिका स्थित श्री सिद्धनाथ माध्यमिक विद्यालयमा अध्ययनरत अतिविपन्न वर्गको परिवारका टुहुरा तथा मेहेनती १०० विद्यार्थीलाई ट्रयाक सुट, झोला, टोपी तथा अन्य शैक्षिक सामाग्रीस्वरूप १ लाख ८० रूपैयाँ बराबरको सामाग्री वितरण गरेका छन्।
उनले वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया आएर अलपत्र परेका १० जना नेपालीलाई स्वदेश फिर्ताको लागि चार महिनाभित्र आवश्यक हवाई टिकटको लागि १ लाख ५० हजार रूपैयाँ सहयोग तथा ६० जना नेपालीलाई एक महिना पुग्ने खाद्यान्न सहयोग गरेका छन्।
यम तमु वैदेशिक रोजगारीको क्रममा साउदीको सास्को कम्पनीमा कुकको रुपमा काम गर्न गएका थिए। हाल साउदी अरेबियाको रियाद स्थित बथामा लालिगुराँस नेपाली रेष्टुरेन्ट संचालन गरी बसेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)