सुदूरपश्चिममा कोरोना संक्रमित भेटिए, भेरियन्ट पत्ता लगाइँदै

सुदूरपश्चिममा कोरोना संक्रमित भेटिए, भेरियन्ट पत्ता लगाइँदै
सुन्नुहोस्

सुदूरपश्चिम : पछिल्ला महिनामा शून्य रहेको कोरोना भाइरसको सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ। 

भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेव गणेश साउदले भारतबाट भित्रिने नागरिकमध्ये लक्षण देखिएकाको एन्टिजेन विधिबाट नमूना जाँच गर्दा आठ जनामा कोरोनाको सङ्क्रमण फेला परेको जानकारी दिए।

'सङ्क्रमित चारको नमूना थप परीक्षणका लागि प्रदेशको प्रयोगशालामार्फत् काठमाडौं पठाइएको र चार सङ्क्रमितको नमूना आज पठाउने तयारी भइरहेको छ,' उनले भने, 'सङ्क्रमितमा कुन भेरियन्ट हो भनेर पत्ता लगाउन नमूनाको थप परीक्षण गर्न जरुरी भएको हो।'

सीमा नाकामा सङ्क्रमित फेला पर्ने बिरामीलाई ‘होम आइसोलेसन’मा बस्न अथवा सिकिस्त बिरामीलाई अस्पताल जान सल्लाह दिइने र सम्बन्धित पालिकासँग पनि समन्वय गर्ने गरिएको साउदले बताए। कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि विश्व स्वास्थ्य संगठनले केही दिनअघि सचेत गराइएको पनि साउदले बताए।

स्वास्थ्य निर्देशनालय, प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्यांकमा भने पछिल्ला तीन दिनमा प्रदेशमा तीनजना कोरोना सङ्क्रमित फेला परेको उल्लेख गरिएको छ। पछिल्लो २४ घन्टामा गौरीफन्टा र गड्डाचौकी सीमा नाकाबाट भित्रिने नागरिकमध्ये शंकास्पद् ७६ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा र पुस ८ गते दुईजनामा सङ्क्रमण फेला परेको निर्देशनालायको तथ्यांकमा उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.